Take a fresh look at your lifestyle.
npa 9 suchana

राईस मिल मधेशी क्रान्तीको पहिचान रहेको :- मुख्य मन्त्री राउत

gadhimai nagar palika ko suchana
suchana gadhimai

राैतहट, असार ०७ । गौर राईस मिल मधेशी क्रान्तिको धरोहर रहेको, प्रदेश २ का मुख्यमंत्री महमद लालबाबू राउत गद्दीले बताएका छन । एक कार्यक्रममा सरिक हुन विहिवार रौतहट आउनु भएका मुख्यमंत्री राउत संघीय प्रेस फोरम जिल्ला शाखाले आयोजना गरेको पत्रकार सम्मलेनमा सम्वोधन गर्दै राईस मिलको जग्गा गौरको मात्रै नभई प्रदेशको धरोहरको रुपमा रहेको बताए । नगरको विच भागमा रहेको जग्गा मधेशी क्रान्तिको बोकेको पहिचान रहेकोले त्यसलाइ सार्वजनिक गर्न सके सम्म प्रयास गर्ने प्रतिवद्धता जनाएका छन ।
ऐतिहासिक राईस मिलको जग्गा बचाऊ संघर्ष समितिले मिलको जग्गा विक्री गर्ने चलखेलमा भू माफियाहरु सक्रीय भएकोले अतिक्रमण गर्नुको लागि प्रदेश सरकारवाट पहल गर्नुपर्ने मैग गर्दै मुख्यमंत्री राउतलाइ ज्ञापन पत्र बुझाएका छन ! संघर्ष समितिले बुझाएको ज्ञापनं पत्र ग्रहण गर्दै मुख्यमंत्री राउतले यो जग्गा बचाउनको लागि गौर नगरपालिकाले अगाडी बढ्नु पर्ने सुझाव दिदै प्रदेश सरकारले पनि सहयोग गर्ने बचन दिए ! कÞानूनी लड़ाई लाडनू पर्ने आवस्यकता भएकोले व्यक्तिगत रुपमा आवश्यक भए प्रधानमन्त्री र सम्मानीय प्रधान न्यायधीश सीत सहयोग लिने बताए ! उनले भने नकली जग्गाधनिलाइ पर्दाफास गर्नु पर्छ र यसको असली वारेशको हो त्यसको खोजवीन गर्नु पर्छ ! समितिका पदाधिकारीहरुले २००३ सालमा स्थापना भएको मिलको जग्गाको मालिक कुनै व्यक्ति नभई गौर राईस मिल एन्ड फलोर भएको जानकारी गराएका थिए ! जग्गाधनी दर्ता प्रमाण पुर्जा गौर राईस मिल एन्ड फलोर को नाउमा कायम रहेकोले सो जग्गा अधिग्रहण नगरी अतिक्रमण नै गर्नु पर्ने संघर्ष समितिका संयोजक चन्देश्वर राउतले बताएका थिए ! कार्यक्रममा सहभागी भएका कृषि ,भूमि व्यवस्था तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादवले कसैको नम्बरी नरहेको ले अधिग्रहण नगरी अतिक्रमण गर्नु पर्ने धरना राखेका थिए ! राईस मिलको जग्गाको कागजातहरु जति सुकै चाडो भन्दा चाडो प्रदेश सरकारलाइ उपलब्ध गराउन मुख्यमंत्री राउत ले समितिलाइ आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी र मालपोत कार्यालय प्रमुखलाइ राईस मिलको जग्गाको सम्वन्धमा कुनै आघात पुग्ने कार्य नगर्न निर्देशन समेत दिएका छन ! राईस मिलको मालिक दावी गर्न आउनेलाइ नियंत्रणमा लिएर छानविन समेत गर्ने निर्देशन दिएका छन !

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.