Take a fresh look at your lifestyle.
npa 9 suchana

सात वर्षीय बालक खेल्दा खेल्दै पासोमा परेपछि…

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

 

दाङ , असार ८  ।  दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरामा एक जना सात वर्षीय बालकको खेल्दा खेल्दै डोरीको पासोमा परेर मृत्यु भएको छ।

छिमेकी जिल्ला कपिलबस्तुको चन्द्रौटा स्थायी घर भइ माइती नजिकै तुलसीपुरको सुकौरामा भाडामा बस्दै आएकी शान्ति गिरीका ७ बर्षीय छोरा शुभम गिरी बिहीबार बेलुका करिब ५ बजे झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

बिहीबार बेलुका साढे ७ बजेतिर तुलसीपुरस्थित तुलसी बाल हस्पिटलमा पुर्‍याए लगतै डा. किशोर खत्रीले बालकलाई मृत घोषणा गरेका थिए। चिकित्सकका अनुसार अस्पताल ल्याउनुभन्दा अघि नै बालकको मृत्यु भइसकेको थियो।

शुभम झुल टाँग्न प्रयोग गरिने डोरीमा झुण्डिएको अवस्थामा फेला परेको भन्ने जानकारी आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।

मृतका मावली बाजे लोकबहादुर बस्नेतका अनुसार उनका नाति शुभम स्थानीय दंगिशरण बोर्डिङ स्कूल बेलगनारमा कक्षा यूकेजीमा अध्यनरत थिए। उनी बिहीबार साँझ विद्यालयको गाडीबाटै घर फर्केपछि कोठाको खाटमा झुल टाँग्न प्रयोग गरिने डोरिमा झुण्डिएको बस्नेतले सेतोपाटीलाई जानकारी दिए ।

यमुनामाई गाउँ पालिकाको सुचना

बालकका बाबु बैदेशिक रोजगारीको सिलसिलामा दश महिना अगाडि साउदी अरबमा गएका छन्। घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

गाई बनेर खेल्न खोज्दा पासो लाग्योः आफन्त

शुभम विद्यालयबाट फर्केर आउँदा उनकी आमा शान्ता कोठामै थिइन्। छोरालाई खाजा खुवाएर उनी बहिनीसँग खेल्नु भन्दै गाग्री बोकेर पानी लिन गइन्।

तुलसीपुर वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीका अनुसार शुभमले त्यसअघि आमा शान्तिलाई सानी बहिनीलाई गाईको बाच्छो बनाएर खेल्ने बताएका रहेछन्। आमाले बहिनीलाई किन बाच्छो बनाउने? डोरीले बहिनीलाई नबाँध्नू है भनेर पानी लिन गएकी रहिछन्।

तर, त्यसै क्रममा शुभमले आमाको सल आफ्नो घाँटीमा गाँठो पारेर झुल झुण्ड्याउन प्रयोग गरिने डोरीलाई गोरू बाँध्ने ‘किलो’ सम्झिएर बाँध्न खोज्दा दुर्घटनाबस त्यही उनको घाँटीमा पासो लागेर मृत्यु भएको हुनसक्ने पीडित परिवारले अनुमान गरेको हो।

बिहीबार बेलुका भावविह्वल अवस्थामा अस्पतालमा पुगेका मृतकका मावली बाजे लोकबहादुर बस्नेतले पनि सेतोपाटीलाई उस्ले खेल्दा खेल्दै आफैं पासो लगाएको हुनसक्ने अनुमान गरे। ‘यो घटनामा बाबु खेल्दा खेल्दै अप्रत्यासित रुपमा भएको एउटा दुःखद घटना हो। यसमा कसैको हात छैन,’ उनले सेतोपाटीसँग भने।

यसैबीच प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको छ। ‘त्यो दुर्घटनाबस भएको थियो कि हत्या थियो?, पोष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्रै यकिन साथ भन्न सकिन्छ,’ ईप्रका तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले भने।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.