बौधिमाई नगरपालिकाको बंकुलमा सडक बिस्तार र ढलान गर्ने क्रममा झडप हुदा तीनजना घाइते भएका छन । दुइ जनाको गम्भिर घाइते भएका छन ।
वडा कार्यालयले जर्वजस्ति बाटो बढाएर निजी जमिनमा क्षेती पुर्याएको भन्दै शनिवार साझ दुइ पक्ष बिच झडप भएको हो ।
घाइते मध्ये दुइ जना लाइ थप उपचारको लागी बिरगज पठाइएको छ ।
वडा नं ७ का अध्यक्ष बिजय कुश्वाहाले जवरजस्ती निजी जमिन बाट बढी चौडा पारेर सडक निमार्ण गर्न लागेको भन्दै जग्गाधनी शिव गोबिन्द कुश्वाहाले बिरोध गर्दै आएका थिए ।
झडपमा शिव गोविन्द कुश्वाहा, महानन्द कुश्वाहा, रामेश्वर कुश्वाहा घाइते भएका छन ।
वडाअध्यक्ष बिजय कुश्वाहा पक्षका व्यक्तिहरुले धारीलो हतियार प्रहार गरी घाइते बनाएको पिडितहरुको आरोप रहेको छ ।
वडाको बजेट ५० लाखमा ५ सय मिटर सडक ढलान गर्ने योजना रहेको र १५ मिटर ढलान गर्न बाकी हुदा काममा अवरोध गरेपछि विवाद उत्पन्न भइ झडप भएको वडा अध्यक्ष कुश्वाहले जानकारी दिएका छन ।
बाटो निमार्ण गर्ने र अवरोध गर्ने दुवै पक्ष बिच झडप भएको उनले बताएका छन ।
घटनाको अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी रामकुमार दानीले जानकारी दिएका छन ।