

राैतहट ,असार १५ । विहीबार राति एसएमजी बन्दुक बोकेको एक व्यक्ति रौतहटमा प्रहरी कार्वाहीमा मारिएका छन ।
तीन जनाको सख्या मा रहेको भनिएका व्यक्तिहरु र प्रहरीबीच दोहोरो गोलि हानाहान भएको र त्यस घटनामा एक जनाको ज्यान गएको प्रहरीको भनाइ छ ।
खुट्टा र पेट नजिकै गोली लागेका एक युवकको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको हो ।

रौतहटको राजदेवी नगरपालिकाको मुडवलवा टोलको उत्तरपट्टी बाग्मती नदी किनारको तटबन्धनमा विहीबार राति करीव १० बजे प्रहरी र अपराधीहरु बिच गोली हानाहान बताइएको छ ।
घटना स्थल बाट आधुनिक एसएमजी बन्दुक र सोमा प्रयोगहुने म्याग्जिन प्रहरीले बरामद गरेको छ ।
अन्दाजी २५ बर्षको एक युवकको गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मोटरसाइकलमा आएका ३ जनामध्ये दुई जना बन्दूक पड्काउदै भारतको सिमाना तर्फ भागेका बताइएको छ । घटनाको अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।