रौतहट १० भाद्र ।
गौर नगर पालिकाको टिकुलिया घाटमा शनिबार साझ डुंंङगा दुर्घटनामा परेका मध्येबाट दुई जनाको लाश फेला परेको छ । भारतको शिबहर जिल्ला बेलवा घाटमा ३५ वर्षिया रुना पटेल र ५५ वर्षिया शान्ति देवीको लाश फेला परेको हो । डुंंङगा सहायक चालक ओम प्रकाश चन्द्रवंशी ४५ वर्षीया इन्दु देवी पटेल , १० वर्षीया उष्मा पटेल वेपता रहेको प्रहरीले जनाएको छ । खोजी तथा उद्दार कार्य अन्तरगत अहिलेसम्म २४ जनालाई उद्दार गरिएको छ । पानीको वेगले डुंंङगा अनियंत्रित भई पल्टिएर करिव ७ बजे साझ दुर्घटना भएको थियो । रातीको समय दुर्घटना भएकोले उद्दारमा निकै समस्या भएको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतका जवानहरू उद्दार कार्यमा खटेका थिए । घट्ना स्थलमा सुरक्षा टोली सहित स्थानीयले खोजतलास जारी राखेका छन । घटनास्थलमा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, प्रहरी उपरिक्षक केदार ढकाल, शसस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल, प्र.सेनानी सुजन शाक्य, अनुसंधान प्रहरी उपरिक्षक अभिमन्यू कुमार सिंह लगायतको उपस्थिती रहेको छ । नदीमा पुल निर्माणधिन रहेकोले स्थानीयले डुंङगाको माध्यमबाट खोला तर्ने गर्ने गरेका थिए् । यसै क्रममा आइतवार पुर्व उर्जा राज्य मन्त्री सत्य नारायण भगतले दुखद घटना भएको बताए । पप्पु कन्टक्शनका लापरवाहीको कारण दुर्घटना भएको मन्त्री भगतले बताए । समयमा पुल निर्माण गरेको भए दुर्घटना हुने थिएन उनले भने । पुलको पिलर खण्डा नगरेको भए डुंंङगा पल्टिने थिएन उनले दावी गरेका छन । प्रजिअ रिजाससँग भेटी मन्त्री भगतले पुलको ठेकेदार माथि कारबाई गर्नु पर्ने जोडदार माग गरेको छ । दुर्घटना भएको खबर राति पाए पछि आफु आफनो क्षेत्रका जनतासँग भेटन आएको बताए । जनताको सेवक छु भन्दै पुर्व मन्त्री भगतले जनताको सुखदुखमा साथ दिन आफु सिन्धुलीबाट आएको बताए ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments