

,रौतहट ११ भदौ ।
ठेकेदारलाई कारबाईको माग गर्दै क्षतिपुर्तिको लागी सोमवार नेकपाका युवा नेता शम्भु शाहले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापन पत्र बुझाएका छन । नेकपाका युवा नेता शाहको नेतृत्वमा कार्यकर्ता तथा नगरवासीले गौर नगर क्षेत्रमा जुलुस प्रर्दशन गर्दै जिप्रकामा ज्ञापन पत्र बुझाएका छन । जुलुस प्रर्दशनको क्रममा पप्पू कन्ट्रक्सनलाई कारबाई गर ,पिडितलाई क्षतिपु्र्ति देउ जस्ता अनेकौ नारा लगाएका थिए । गौर नपा टिकुलिया घाटमा शनिवार भएको डुङगा दुर्घटनमा पप्पू कन्ट्रक्सनको कारण भएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।