रौतहट १२ भाद्र ।
नेपाल पत्रकार महासंघ रौतहटको आयोजनामा मंगलवार प्रेस र अभिव्यतिm स्वतन्त्रता विषयक अन्तरकृया सम्पन्न भएको छ । सो कार्यक्रममा नेपाल वार एशोसियसन रौतहटका अध्यक्ष हरिशकर जयसवालले भदौ १ गते देखि लागू भएको मुलकी ऐनमा आशिक त्रुटी रहेको बताएका छन । व्यतिmगत गोपनीयताको हक , गाली वेइजती ,विधुतीय ऐन लगायतमा पत्रकारहरुलाई अकुश लगाउने खोजेको उनले बताए । लोकतान्त्रिक गणतन्त्र बलियोको लागी प्रेस स्वतन्त्रता आवश्यक रहेको बताए । प्रेस स्वतन्त्रता नभए लोकतान्त्र कमजोर हुने भएकोले सुधार गर्न जोडदार माग गरेको थिए । नेपाल पत्रकार महासंघ प्रदेश न २ का सदस्य शैलेन्द्र झाले व्यतिगत गोपनीयता , साइबर क्राइम , गाली वेइजती र सुचनाको हकमा पत्रकारलाई अप्रत्यक्ष रुपमा अकुश लगाउन खोजेको बताए । वर्तमान कानुनमा प्रेसलाई स्वतन्त्रता दिए पनि अप्रत्यक्ष रुपमा अधिकार कटौती गरेको टिप्पणी गरेको थिए । पत्रकारहरु दलगत हिंसामा भए पनि व्यवसायीक पत्रकारिता गर्दै आएको उनले स्पष्ट पारेका थिए । पत्रकारलाई अप्रत्यक्ष रुपमा अधिकार कटौती भएको विरोधमा कुनै दलले अवाज नउठाएकोमा दुःख व्यतm गरेका थिए । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र प्रसाद शाहको अध्यक्षतामा राजनितिक विश्लेषक चिरञजीवी सिह, प्रेस मञचका केन्द्रिय सदस्य दिनेश यादव , वरिष्ठ पत्रकार विनय लाल दास , राजदेवी एफ एमका राकेश यादव , प्रेस फोरमका अध्यक्ष किशोरी यादव , रौतहट एफएमका अनिल ठाकुर , संस्कृति एफएमका जितेन्द्र लगायतका वतmाहरुले वर्तमान कानुनको केही बुन्दामा आ आफनो विचार तथा सुझाव राखेका थिए । सन्तोष पौडेल उदघोषक रहेको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments