

,रौतहट १२ भाद्र ।
संविधान सभा सदस्य तथा माधव नारायण नगर पालिका ६ निवासी सत्यनारायण भगतले आज मगलवार गृह मन्त्री समक्ष किटानी उजुरी दिएको छ । उजुरीमा पप्पु कन्ट्रक्शन कम्पनीका संचालक हरि नारायण रौनियारलाई पक्राउ गरी कारबाई गर्नका लागी उजुरी दिएको माधव नारायण नगर पालिका ६ निवासी भगतले जानकारी गराएको छ । पप्पु कन्ट्रक्शन कम्पनीका संचालक रौनियारले समयमा पुल निर्माण नगराएकोले डुङगा दुर्घटना भएको उजुरीमा उल्लेख गरेको छ । डुङगा दुर्घटनामा ४ जनाको मृत्यु एक जना अझै वेपता रहेको र दुई जना घाइते भएकोले उचित क्षतिपुर्तिका लागी ठेकेदारलाई पक्राउ गर्न माग गरेको छ ।