

,रौतहट १५ भाद्र ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष प्रेमचन्द्र झा मातृशोकमा परेका छन् । उनका आमाकी २०७५ साल भाद्र १४ गते विहान ६ बजे विरगंजको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । स्वर्गिय महेश्वरी देबी झाको जन्म २००४ सालमा भारत विहार राज्य बेलबेगाहीमा जन्मेकी थिइन् । २०२३ सालमा कटहरिया नगरपालिका हतियाही टोलमा बस्ने जुगल किशोर झा संग धार्मीक परम्परागत अनुसार बिहे भएको थियो । वहाँले दुई छोरा प्रेमचन्द्र झा र बिजय चन्द्र झा सहित दुई छोरी उर्मिला देबी र रिना देबीकी जन्म दिइएकी हुन् ।