

,रौतहट २० भाद्र ।्
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौको निर्देशनमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आज बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधान मन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन । रौतहट शाखाका अध्यक्ष रविन्द्र प्रसाद शाहद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा पत्रकारको हकहित अधिकार कुण्ठित हुने गरी कानुन बन्नेकोले संशोधन गर्न माग गरेको छ । जिल्लाका अधिकाँस पत्रकारहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाएको छ । जिप्रका रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएको हो । सो अवसरमा प्रजिअ रिजालले ज्ञापन पत्रलाई प्रधान मन्त्रीको कार्यालय पठाउने बताए ।