,रौतहट २२ भाद्र ।
दक्ष जनशतिmको अभाव र भौतिक पूर्वाधारहरुको कमीको बावजुद नगरवासीको समस्याहरुलाई न्यायीक समितिले समाधान गर्दै आएको गौर नगर पालिकाका उपप्रमुख तथा न्यायीक समितिको संयोजक किरण ठाकुरले बताएकी छिन । नगरपालिकाका सभाहलमा आज शुक्रवार पत्रकार सम्मेलनको सम्बोधन गर्दै बताएका छन । नगर पालिकाको पहिलो नगरसभा पश्चात गौर नगर पालिका अन्तरगतको न्यायीक समिति २०७४ माघ १ गते गठन भएको बताए । माघ देखि भदौ सम्ममा ६१ वटा उजुरी पर्न आएको उनले बताए । ६ वटा मुद्धालाई निर्णय , २२ वटा मुद्धा मिलापत्र , ३२ वटा मुद्धा प्रक्रियामा र एक वटा मुद्धा तामेलीमा रहेको न्यायीक समिति संयोजक ठाकुरले बताए । सार्वजनिक जग्गा निकास १२ , जग्गा खिचोला ३१, महिला हिंसा र अभद्र व्यवहार ४ ,घर वहाल ४ , सार्वजनिक जग्गा हडपने ३ , अर्काको जग्गामा फोहरपानी वग्ने नाला २ , जग्गा नछाडी संधियार तर्फ झयाल खोलेको ३ अर्काको जग्गा भोग गरेको १ गरी ६२ वटा मुद्धा दर्ता भएको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments