

,रौतहट २२ भाद्र ।
निर्माण व्यवसायी महासंघको कार्यवाहक अध्यक्ष विष्णु भाई श्रेष्ठले भदौ १ गते देखि लागू भएको कानुन निर्माण व्यवसायी मैत्री नभएको बताएका छन । निर्माण व्यवसायी रौतहटको छैठो साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले उतm कुरा बताएका हुन । परिमार्जन भएन भन्ने आन्दोलनमा जाने उनले बताए । साइनिङग वापत रकम दिनु पर्ने व्यवस्था अन्त गर्न आफुले पटक पटक सम्बन्धित मन्त्रालयमा गुनासो गर्दै आएको बताए । हामी आफनो लागी नभएर देश र जनताको खाँचोको लागी अगाडी बढनु पर्ने बताए । आफु कार्यवाहक अध्यक्ष बने लगतै देखि धाक धम्की आउदै गरेको उनले गुनासो सुनाएका थिए । भ्रष्टचार मुतm देश बनाउन निर्माणका कार्य निर्माण व्यवसायीद्धारा गराउनु पर्ने धारण राखेका थिए । उपभोतmा समितिले धरौटी राख्दैन , कर तिर्दैन ,त्यसकारण उपभोतmा समितिद्धारा काम गराउनु भ्रष्टाचारलाई बढावा दिनु हो उनले ठोकुवा गरेका थिए । निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष नागेन्द्र प्रुसाद शाहको अध्यक्षतामा जिल्लाका मेयरहरु , प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल लगायतका महानुभावहरुले शुभकामना मन्तव्य दिएका थिए ।