काठमाडौं । संसदको विकास तथा प्रबिधि समितिको सभापतिमा कल्याणी खड्का चयन भएकी छिन् । समितिको निर्वाचनका लागि खड्काको मात्रै मनोनयन दर्ता भएको थियो । संसद सचिवालयका अनुसार इन्दु कुमारी शर्मा प्रस्तावक र गणेश पहाडीको समर्थनमा खड्काले उम्मेदवारी दर्ता गरेकी थिइन् । नेकपाले खड्कालाई समिति सभापति बनाउने निर्णय गरेको थियो । पार्टी निर्णयसँगै खड्का समितिको सभापति बन्ने सुनिश्चित भैसकेको थियो । खड्कालाई शुक्रबार निर्र्वा्चित घोषणा गरिनेछ । निर्वाचनका लागि बिहान ११ बजे समितिको बैठक बोलाईएको छ । नेकपाको केन्द्रिय सदस्य समेत रहेकी खड्का रौतहटबाट समानुपातिक सांसदमा निर्र्वा्चित भएकी थिइन् ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments