

,रौतहट २८ भदौ ।
गढीमाई नगर पालिका ८ पारस सहनीको पोखरीका डिलमा सालनाल सहितको मृत्य बालिका फेला परेको छ । गर्भमा रहेका बालिकालाई तुहाएर फालेको हुन सक्ने शंका गाउँलेले गरेका छन । अन्दाजी ५ महिनाको बच्चा मृत्य अवस्थामा गाउँले देखे पछि प्रहरीलाई खबर गरेको थियो । विहीवार करिव ११ः३० वजेको समयमा गाउँद्धारा प्रहरीलाई खबर गरे पछि बालिका आकारको मृत्य बच्चालाई परिक्षणका लागी गौर अस्तपाल ल्याइएको छ । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।