रौतहट १७ असोज ।
विश्व शिक्षाको सहयोगमा ग्रामीण विकास केन्द्रले श्री माध्यमिक विद्यालय ब्रहमपुरीका प्रधानाध्यापक दीपेन्द्र श्रीवास्तव लाई कम्प्युटर हस्तान्त्रण गरेको छ । विश्व शिक्षाको आर्थिक लगानी र ग्रामीण विकास केन्द्र नेपालको सहजीकरणमा २० थान कम्प्यूटर विद्यालय लाई हस्तांतरण गरिएको हो । मा वि ब्रहमपुरीका प्रधानाध्यापक दीपेन्द्र श्रीवास्तवको अध्यक्षतामा प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका रौतहट सभापति राम एकवाल राय यादव , राजदेवी नपाका नगर प्रमुख धिरेन्द्र कुमार सिह , उपमेयर अंशु सिंह, पूर्व माननीय बबन सिंह, आर डी सीका अध्यक्ष पारस हुसेन, राजनीतिक बिश्लेशक चिरंजीवी सिंह, मावि मुडवलवाका प्रधानाध्यापक रबी शंकर यादब, बड़ा अध्यक्ष फुलिंदर दास, वडा अध्यक्ष भगनारायन साह लगायतले विद्यालयको उन्नती प्रगतीको लागी सदैव सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । विश्व शिक्षाका पदाधिकारीहरु, आर डी सीका पदाधिकारीहरु , पत्रकार, स्थानिय बुद्धिजीवी, समाजसेवी, महिला, युवा , छात्र, छात्रा लगायत सर्वसाधारणहरु को उल्लेखनीय उपस्थिति रहेको थियो । आर डी सी नेपालले विगत ८ बर्ष देखि ब्रहमपुरी वडामा कृषि, शिक्षा, सरसफाई लगायतका जनचेतना मुलक कार्य गर्दै आएका छन । सोही अवसरमा आइटी कक्षाको उदघाटन भएको छ । विद्यालयमा कम्प्युटर नभएकोले आइटी कक्षा संचालन हुन सकेको थिएन । आरडीसी नेपालले कम्प्युटर हस्तान्त्रण गरे पछि आइटीका विद्यार्थीहरु हर्षित भएका छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments