Take a fresh look at your lifestyle.
npa 9 suchana

सुरक्षा र न्यायको सवालमा संवाद कार्यक्रम

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १९ असोज ।
सुरक्षा र न्यायको सवालमा संचारकर्मी र सरोकारवालाहरु विच संवाद कार्यक्रम आज शुक्रवार नेपाल पत्रकार महासंघ रौतहटको सभाकक्षमा सम्पन्न भएको छ । सर्च फर कमन ग्राउण्डको सहकार्यमा नेपाल पत्रकार महासंघ रौतहट शाखा द्धारा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय रौतहटका निमित प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले साक्षरताको कमीले समाज अन्यौलता रहेको बताए । साक्षर नै नरहेको समाजमा जति सुकै राम्रो तथा कडा कानुन ल्याए पनि उपलब्धी मुलक नहुने धारणा उनले स्पष्ट पारेका थिए । नेपालमा अमेरिकाका मोडलको संविधान ल्याएकोले अमेरिका जस्तो शिक्षित समाज बनाए मात्र उपलब्धी हुने प्रजिअ जोशीले बताएका थिए । बादर को हातमा नारियल उखान दिदै उनले स्थानीय तहमा कानुन नजानेका उपमेयरलाई न्याय दिलाउन दिएको जिम्माले उत्पीडित झन पिडामा पर्ने सम्भावना रहेको बताए । नगर पालिका तथा गाउँ पालिकामा विकासको साटो विनास तर्फ तर्फ जनप्रतिनिधिहरुले धकेलिदै गएको टिप्पणी निमित प्रजिअले गरेका थिए । अधिकतम प्रयास तथा अभ्यासले मात्र सुधार हुने उनले बताए । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक महेन्द्र मरासनीले जिप्रकामा अव पंचायत नहुने बताए । पुलिस बस्ने ठाउँ छैन तर स्थानीय निकायले पंचायत गर्न १० लाखको लगानीमा पंचायत गर्ने स्थल बनाएकोले दुखेसो उनले पोखेका थिए । एक लात हानेमा पुलिस बस्ने कोठाको पर्खाल भत्कन सकने ठाउँमा पंचायत नहुने बताए । पत्रकारले पुलिसलाई दुश्मन मान्ने पुलिसले पत्रकारलाई दुश्मन मान्ने परम्परागत चलनलाई विर्सेर एक आपसमा मधुर सम्बन्ध बनाउन उनले आग्रह गरेका थिए । मोटर साइकलमा तीन चार जना बसी विना हेल्मेटको चलाई राखेको प्रति आपति जनाउदै उनले सुधार ल्याउन अभिभावकको उतिकै जिम्मेवारी रहेको बताए । राजदेवी नगर पालिकाका उप मेयर अशु सिहले समाज , राजनितिक दल , प्रहरी प्रशासन लगायत सवै वर्गबाट महिला नै पिडित रहेको बताए । नेपाल पत्रकार महासंघ प्रदेश न २ का सदस्य शैलेन्द्र झाले अरु माथि दोष थुपार्नु भन्दा आफैबाट सुधार गर्दै जादाँ दलित ,उत्पीडित , सिमाकृत समुदायको सुरक्षा र न्यायमा पहुच हुने बताए । समाज कुरिति तथा विसंगतिले भरिएको हुदाँ सुधार ल्याउन आ आफनो स्तरबाट माथि उठेर व्यवहारमा लागू गर्नु पर्ने आजको आवश्यकता हो बताए । सोही अवसरमा नेपाल पत्रकार महासघ रौतहटका पुर्व अध्यक्ष शैलेन्द्र कुमार गुप्ताले डोम जातीले दिएको आगोले निधन भएको व्यतिm स्वर्गलोक पुग्ने तर डोम जातीले शरिर छोय पछि अछुत हुने अवस्था हाम्रो समाजमा रहेको बताए । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र शाहको अध्यक्षतामा सरकारी वकिल कार्यालयका अधिवतmा , नेपाल वार एशोसियसनका अध्यक्ष हरिशंकर जयसवाल , पत्रकार राकेश यादव , चञचल झा लगायतका संचारकर्मीहरुले आ आफनो धारणा तथा गुनासो पोखेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.