

,रौतहट २३ असोज ।
समावेशी विकास र समुन्नत अर्थमन्त्रका लागी सुदृढ हुलाक सेवा मुल नाराका साथै मंगलवार जिल्ला हुलाक कार्यालय रौतहटले विश्व हुलाक दिवस २०७५ मनाएका छन । जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख सुनिल कुमार ठाकुरको अध्यक्षतामा हुलाक बचत बैकका पहिलो सेवाग्रही शिव शंकर प्रसाद साहले हुलाक बचत बैकबाट हामी जनताले राम्रो सेवा प्राप्त गरी रहेको बताए । बचत बैक खारिज हुने हल्ला सुन्नेकोले दुःख लागेको उनले बताए । बचत बैकलाई विस्तार गरी जनतालाई ऋण सेवा प्रवाह गरी बैकिङग कारोवारलाई बढाउनु पर्ने धारणा राखेको थियो । टिकट बिक्री तथा रजिष्ट्री काउन्टरका पहिलो सेवाग्रही लदिप सिहले रजिष्ट्री सेवा अहिले राम्रो भएको बताएका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य शैलेन्द्र झाले हुलाक सेवा खारिज भएमा जनता सहुलितबाट वञिचत हुने बताए । जिल्लामा रहेका सरकार तथा गैर सरकारी बैकमा चेक साटन , चेक बुक लिन , जम्मा गर्न दुइ घण्टा देखि चार घण्टा सम्म कुर्नु पर्ने अवस्था रहेको बताए । हुलाक बचत बैकबाट बाट चेक साटन , रकम जम्मा गर्न , चेक बुक लिन पाँच मिनटमा सेवा हुने गरेको उनले बताए । मुलुक सघियतामा गएकोले सेवा प्रवाह छिटो छरितो हुने निकाय स्थापनाको साटो खारिज हुनु दुखदायी रहेको धारणा राखेका थिए । बैकिङग सेवा विस्तार गरेर जनतालाई अझ सहुलित दिन लाग्नु पर्ने आवश्यकता रहेको बताए । हुलाक बचत बैकका अशोक चौधरी ,टिकट विक्री तथा रजिष्ट्रीका मदन सहनी लगायतका कर्मचारीहरुले सेवा प्रवाह गर्न कुनै कसरत वाँकी नराख्ने बताए । हुलाक प्रशिक्षण केन्द्र काठमाण्डौमा संचालन भएको सेवा कालिन तालिममा प्रथम स्थान ल्याउने खरिदार मेनुका बस्नेतलाई जिल्ला हुलाक कार्यालय रौतहटका कार्यलय प्रमुख सुनिल कुमार ठाकुरले विश्व हुलाक दिवसको अवसरमा सम्मान गरेका छन । सो कार्यक्रमलाई समापन गर्दै प्रमुख ठाकुरले हुलाक कार्यालयमा काम गर्ने कर्मचारीलाई केही सुविधा नभएको भन्दै समाजका अगुवाहरुले विवाह गर्न तयार नरहेको बताए । हुलाक सेवालाई मुनाफा योग बनाए समाजमा प्रतिष्ठा हुने अवधारणा राखेका थिए । त्रिलोचन झाले कार्यक्रमलाई संचालन गरेका थिए ।