

, रौतहट १५ कार्तिक ।
रौतहटमा दुई जना पुरुषको लाश फेला परेको छ । माधवनारायण नगरपालिका ६ र गरुडा नगरपालिका ८ जिंगडिया टोलमा एक एक गरी दुई पुरुषको लाश फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझा जनाएको छ । गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत जिंगडिया नजिक बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव फेला परेको हो । माधवनारायण नगरपालिका–६ माधोपुर गाउँ नजिकै जोतेको खेतमा अन्दाजी २५ वर्ष उमेरका एक पुरुषको घोप्टो अवस्थामा लाश फेला परेको प्रहरी निरीक्षक ओझाले बताए । मृतकको पहिचान खुल्न नसकेको तथा लाश परिक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इप्रकाले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओझाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।