,रौतहट १७ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश २ का अध्यक्ष एवं पुर्व मन्त्री प्रभु साहले प्रदेश २ मा
काम भन्दा बढी यात्रामा समय बिताउने गरेको बताएका छन । रौतहटको कटहरिया नपा ३ बिर्ति प्रस्टोकामा दिपावली छठको शुभकामना आदान प्रदान कार्यक्रममा उनँले उक्त कुरा बताउदै
अन्य प्रदेशहरुमा ६र७ वटा मन्त्री बाट काम चल्ने र प्रदेश २ मा १४ वटा मन्त्री राखेर प्रदेशको समय र पैसा खर्चने गरेको उनले आरोप लगाए । ६।६ वटा अध्यक्ष रहेको पार्टीले जनताको विकासको काम भन्दा आफनै सेवा गराउनमा तलिन रहने गरेको आरोप लगाए । रौतहटका क्षेत्र ३ को हरेक गाँउलाई हाईवे संँग जोडने, प्रत्येक खेतलाई सिचाई,र बिधुतीकरण गराउने लक्ष्य रहेको बताए ।
दिपावली छठ तिहारको अवसरमा आ आफनो घर सफा गर्ने,तर सार्वजनिक ठाँउ लाई छोडने चलनको अन्त हुनुपर्ने उनले सुझाव दिएका थिए । घर सफा भन्दा बिचार सफा राखेर अगाडी बढन,दलको बिचार भन्दा माथी उठेर विकास को काममा सहयोग गर्न उनले सबैलाई आग्रह गरे ।
जिल्लामा केही बिग्रेका कांगे्रसीहरु ठेकदार भएर स्तरिय काम नगर्ने देखिएकाले विकास निर्माणको कामलाई सबै क्षेत्रबासीले निगरानी गर्नुपर्ने बताए ।
कार्यक्रममा सांसद समिना हुसैन,बिधायक द्धय कुन्दन कुश्वाहा, नागेन्द्र यादव,नेकपाका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम लगतै सैयौंको संख्यामा रहेका कार्यकर्ता र स्थानिय युवाहरु मिलेर बिर्ति प्रस्टोका गाँउको सबै सडक सफा गरेका थिए । सडक सफाईको क्रममा स्काभेटर,डोजर,रोलर
का साथै एक दर्जन ट्याक्टर जस्ता उपकरण लगाइएको थियो ।