

रौतहट २३ कार्तिक ।
नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) रौतहटका समाजसेवी नेता शम्भु साहले सदरमुकाम गौरका एक अग्नि पिडित परिवारलाई नगद सहित लता कपडा सहयोग गरेका छन ।. बुधबार गौर नगरपालिका वडा ५निवासी मो इस्लामको घरमा आगलागी भई पुर्ण रुपमा जलेर नष्ट भएकोले नगद सहित लता कपडा त्रिपाल सहयोग गरेका हुन । नेता साहले पिडित परिवारलाइ नगद रुपैयाँ पाँच हजार, लत्ताकपडा तथा त्रिपाल सहयोग गरेका छन । समाजसेवी नेता साहले घर निर्माणमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । उनले पिडित परिवारलाइ सहयोग गर्न विभिन्न सरकारी तथा गैरसरकारी संघसस्था सँग पहल गर्ने बताएका हुन । पिडित परिवारको आर्थिक अवस्था दयनीय रहेकोले सबैले सहयोग गर्नु पर्ने आग्रह पनि नेता साहले गरेका छन ।