

,रौतहट ११ मंसिर ,।
देवाही गोनाही नगर पालिका आज १२ औ खुल्ला दिशामुतm नगर पालिका घोषणा भएको छ । जिल्ला समन्वय समिति रौतहटका सभापति राम एकवाल राय यादवले नगर पालिका खुल्ला दिशामुतm घोषणा प्रतिबद्धता पत्र अनुरुप एक घर एक चर्पी निर्माण भएकोले मगलवार खुल्ला दिशामुतm नगर पालिका घोषणा गरेका हुन । राष्ट्रिय सर सफाई गुरु योजना मार्ग दर्शन अनुसार देवाही गोनाही नगर पालिकाका प्रत्येक वडामा चर्पी निर्माण कार्य सम्पन्न भएको जिल्ला समन्वय समिति रौतहटका सभापति यादवले बताए । उनले खुल्ला दिशाबाट हुने हानी नोक्सानी वारेमा जानकारी गराएका थिए । देवाही गोनाही नगर पालिकाका मेयर धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा विभिन्न वडाका वडा अध्यक्ष , सुरक्षाकर्मी , राजनितिक दलका प्रतिनिधिहरु , समाजसेवी ,बुद्धिजीवी ,संचारकर्मी , लगायत सर्व साधारणको सहभागितामा खुल्ला दिशा मुतm क्षेत्र घोषणा भएको अभियान नेपालले जनाएको छ । अभियान नेपाल ,इसीडिसी र यूएन हैवीटाटको सक्रियतामा खुल्ला दिशा मुतm क्षेत्र घोषणा भएको बताइएको छ । खुल्ला दिशा मुतm क्षेत्र घोषणा पश्चात सर सफाईका गतिविधिहरुलाई निरन्तरता दिदै सर सफाई प्रवद्धनमा जुटि रहने तथा साबुन पानीले हात धुने बानी व्यहोराको विकास गर्ने मेयर पटेलले बताए । सहकार्यमा जुटने जिल्ला खानेपानी तथा सर सफाई स्वच्छता समन्वय समितिका सल्लाहकार , अध्यक्ष , प्रमुख लगायत अतिथिहरु धन्यवाद दिएका थिए । यसै क्रममा खुल्ला दिशा मुतm क्षेत्र घोषणा गराउनमा पहल गरेका संघ संस्था , संचारकर्मी , राजनितिक दल , समाज सेवी , कर्मचारी , युवा नेता र सुरक्षाकर्मी लगायत सम्मान पत्र दिएका थिए । यसै गरी आज एक समारोह वीच फतुवा विजय पुर नगर पालिका खुल्ला दिशा मुतm क्षेत्र घोषणा भएको छ ।