,रौतहट १२ मसिर ।
गौर नगर पालिका पुरेनवा निवासी बेदामी साहको आज मृत्यु भएको छ । बिरगंजको न्यूरो होस्पीटलमा उपचारको क्रममा साहको मृत्यु भएको हो । विद्यालयमा अध्ययन गर्न जाने छात्राहरूलाई जिस्काएको निहुँमा झडप हुँदा पाँच जना घाइते भएका थिए । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको थियो । गौर नगरपालिका– ८ पुरेनवाबाट विद्यालय पढ्न आउने छात्राहरूलाई बरहवा खोलामा रहेको झोलुंगे पुलमा वडा न ५ का केटाहरू बसेर जिस्काउने गरेका थिए । छात्राहरूले आफनो अभिभावकलाई भनेपछि केटाका अभिभावकलाई सम्झाउन जाँदा वाद विवाद भई दोहोरो झडप भएको थियो । झडपमा परी वडा–८ पुरेनवाका ५० वर्षीय बदामी साह, २८ वर्षीय शिकारचन राम र २४ वर्षीय अनील साह सहित ५ जना घाइते भएका थिए । घाइते मध्ये बदामीको टाउकोको हड्डी भाँचिएको, राम र साहको पनि टाउकोमा चोट लागेको थियो । उनीहरूको सामान्य उपचारपछि थप उचारका लागि वीरगञ्ज पठाइएको थियो । वीरगञ्जस्थित न्युरो अस्पतालमा तीनै जनाको उपचार भइरहेको अवस्थामा आज साहको मृत्यु भएको हो । मंसिर १ गतेका दिन झडपमा घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक केदार ढकालसँग सम्पर्क गर्दा सात जना माथि किटानी जाहेरी रहेकोमा एक जनालाई पक्राउ गरेको बताउदै अन्य छ जनालाई खोजतलास जारी रहेको बताएका छन । जुन दाउँमा लुकेर बसे पनि पक्राउ गर्ने बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments