

,रौतहट १३ मसिर ,
जिल्ला शिक्षा तथा समवन्य इकाई समिति रौतहटका प्रमुख जय प्रसाद महतले शिक्षक नियुतmीको अनियमितता वारे छानवीन चाडै हुने बताएका छन । जिल्ला शिक्षा तथा समवन्य इकाईमा कुनै रेकर्ड नरहेकोले १५ दिन भित्रमा तथ्याँक संकलन गरी छानवीन हुने प्रमुख महतले विहीवार प्रतीक दैनिक सम्वाददातालाई बताएका हुन । इकाईमा जनशतिmको अभावले काम गर्न अप्ठयारो भएको उनले बताए । विद्यालयहरुमा भएका कमी कमजोरीलाई हटाउन इकाइले अवका दिनमा अहम भुमिका खेल्ने महतले बताए । तत्कालीन जिल्ला शिक्षा कार्यालय रौतहटद्धारा वितरण भएको कोटामा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले आफनै नातागोता तथा इष्ट मित्रलाई अनियमित तरिकाले नियुतm गरेको गुनासो बढन थालेकोले नियुतmी प्रक्रिया छानवीन हुने बताएका छन । जिल्लामा ४ सय १७ बटा कोटा वितरण भए पनि अनियमित रुपले कोटा भन्दा बढी कोटा वितरण भएको थाहा हुन आएको छ । शिक्षा ऐन नियमावली अनुरुप नियुतmी भएका शिक्षकको अनुमोदन जिल्लाले गर्ने प्रावधान रहेको छ ।