

,रौतहट २३ मसिर ।

गौर नगर पालिकाको आर्थिक सहयोगमा सुमिन्त्रा मिडिया प्रा.लि गौर ३ द्धारा संचालित फोटो पत्रकारिता तीन दिने तालिम आइतवार देखि शुभारम्भ भएको छ । सो तालिमलाई उदघाटन गर्दै गौर नगर पालिकाका मेयर अजय कुमार गुप्ताले पत्रकारिता क्षेत्रको विकासका लागी आफु सदैव तत्पर रहने बताए । पत्रकारको क्षमता वृद्धि तथा स्तर उन्नतीको लागी विगतमा पनि वजेट विनियोजन गरेको बताउदै उनले यस वर्षमा पनि वजेट विनियोजन गरेको बताए । गौर नगर पालिकाले यस आर्थिक वर्षमा शिक्षा प्रति विशेष जोड दिएको बताए । सोही अवसरमा गौर नगर पालिकाका प्रशासकीय अधिकृत सुमन कार्कीले पत्रकारिता राज्य को चौथो अंगको रुपमा स्थापित रहेको बताउदै सत्य सत्थ समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए । पत्रकारिता क्षेत्रमा फोटोको अति महत्व रहेको बताए । नेपाल पत्रकार महासँघ प्रदेश न २ का सदस्य शैलेन्द्र झाल तालिम लिई व्यवहारमा लागु गरे मात्र तालिमको उपलब्धी हुने बताए । रौतहटको परिवेशमा सम्पुर्ण क्षेत्रको ज्ञान अध्धयन गर्दै पत्रकारिता गर्नु पर्ने आवश्यकता वारे उनले जानकारी गराएका थिए । फोटो खिच्न तथा प्रकाशन गर्न बन्देज प्रति ध्यान दिनु पर्ने आजको आवश्यकता रहेको सदस्य झाले बताए । नयाँ कानुनमा फोटो खिच्न पनि अनुमति लिनु पर्ने बाध्यता रहेको बताएका थिए । नेपाल पत्रकार महासँघ रौतहटका पुर्व सभापति शैलेन्द्र कुमार गुप्ताले क्यामरा राम्रो भएर पनि खिच्न नजाने पछि फोटो को उदेश्य झल्कन नसकिने बताए । बढी मेगा पिक्चरको क्यामरा पत्रकारिताको लागी राम्रो रहेको बताएका थिए । सुमिन्त्रा मिडिया प्रा.लि गौर ३ का अध्यक्ष दिनेश यादवको अध्यक्षतामा शिक्षा फाँटका गणेश गिरी , लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।