

रौतहट १३ पुस पर्सा जिल्लाका काशिनाथ तिवारीको हत्याको आरोपमा जन्मकैदको सजाय भोगी रहेका मेयर सियाराम कुशवाहलाइ सर्वोच्च अदालतले शुक्रवार सफाइ दिएको छ । उनलाइ सर्वोच्च अदालतले निर्दोष ठहर गर्दे सफाइ दिएको हो । जिल्ला अदालत पर्साले पनि उनलाइ निर्दोष ठहर गरेको थियो । कटहरीया नगरपालिकाका मेयर कुशवाह लाइ उच्च अदालत अस्थायी इजलास बिरगजको फैसला पछि सिआइविको टोलीले गएको बैसाखमा पक्राउ गरेको थियो । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुशवाहलाई गएको फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो । २०६७ साल असार १२ गते तिवारी लाइ अज्ञात व्यक्तिहरुले गोली हानि हत्या गरेका थिए । गएको स्थानिय तहको निर्वाचनमा रौतहटको कटहरीया नगर पालिका बाट कुशवाह नेकपा माओवादी केन्द्र पार्टी बाट मेयर पदमा बिजयी भएका थिए । करीव नौ महिना काठमाण्डौ जेलमा बसेर सर्वोच्च अदालतले निर्दोष साबित गरेको मेयर कुशवाहले आफु प्रति सहानुभुित राख्ने सम्पुर्ण प्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन ।