Take a fresh look at your lifestyle.
npa 9 suchana

बाल विवाह कÞानूनी अपराध भएकोले वाल विवाह गरेमा कÞानूनी कार्यवाही हुने —प्रहरी महानिरीक्षक खनाल

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २० पुष ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाल विवाह गर्ने गराउनेलाई कार्यवाही गर्ने बताएका छन । जिल्लाको सदरमुकाम गौर ब्यारेक मैदानमा आयोजना गरिएको वाल विवाह विरुद्धको वृहद संकल्प समारोह २०७५ मा प्रमुख अतिथिको आसन्नवाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले बाल विवाह कÞानूनी अपराध भएकोले वाल विवाह गरेमा कÞानूनी कार्यवाही हुने बताए । बाल विबाह ,दाइजो प्रथा निर्मूल गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको बताएका थिए । छोरीलाई छोरा सराह उच्च शिक्षा दिलाउन अभिभावकहरुलाई आग्रह गर्दै उनले बाल विबाह रोक्न सवैको सहयोग सहकार्य अपरिहार्य रहेको बताए । सामाजिक अपराधको रुपमा रहेका बाल बिबाह , दाइजो प्रथा ,महिला माथिको घरेलु हिंसा नियन्त्रण गर्न सवैको आवश्यकता रहेको स्पष्ट पारेका थिए । बेटी पढ़ाउ बेटी बचाऊ अभियानमा नेपाल सरकार ,प्रदेश सरकार स्थानीय सरकार , नागरिक समाजका अगुवा , शिक्षक ,समाजसेवी , वुद्धिजीवी ,कलमजीवी पत्रकारहरुको सहयोग अपरिहार्य रहेको धारण राखेका थिए ।वाल विवाहको सुचना नेपाल प्रहरीलाइ दिनु पर्ने भन्दै प्रहरी महानिरीक्षक खनालले वाल विवाह गर्ने ,गराउनेलाइ सुचना पाउने वित्तिकै कार्यवाही गर्न मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिए । वाल विबाह उल्मूलनको संकल्पलाइ दृढ़ताका साथ पालन गर्नलाइ सुझाव दिदै यो अपराधलाइ नियन्त्रण गर्ने अभियान सफल हुनेमा आफु विश्वस्त रहेको बताए । प्रहरी महानिरीक्षक खनालले छोरीको विबाह २० वर्ष मुनि गरेमा मानव अधिकारको उलंघन हुने भएकोले २० वर्ष भए पछि विहे गर्नु पर्ने जिकिर गरेका थिए । छोरा छोरी भविष्यको कर्णधार भएकोले २० वर्ष भन्दा मुनि विहे नगर्न अभिभावकहरुलाई विनम्रता पूर्वक आग्रह गरे । डाक्टर ,इंजिनियर मात्र नभई प्रहरी निरीक्षक छोरीहरु बन्नू पर्ने धरणा राखका थिए । २० वर्ष सम्मको उमेर शारीरिक ,मानसिक रुपमा विकास हुने ,खेल्ने पढ़ने समय भएकोले सानो उमेरमा विबाह गर्ने प्रचलन लाइ निरुत्साहित गर्दै दाइजो प्रथालाइ समाप्त पार्दे अघि बढ्नु पर्ने जोड़ दिएका थिए । गौरबाट शुरू भएको यो अभियान देश भरी जाने र भोलिको दिनमा रौतहट लगायत सवै जिल्लामा बाल विबाह मुक्त बन्ने आशा र विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी भएको मौका दिएकोमा आयोजकलाइ धन्यवाद दिएका थिए । कार्यक्रममा रेखा थापा फाउंडेशनका अध्यक्ष नायिका रेखा थापा, संघीय समाजवादी फोरम नेपालका केंद्रीय सदस्य तथा प्रदेश २ का मुख्यमंत्री स्वच्छता अभियानका सरसफाई दूत रेवन्त झा, प्रदेश २ का नेपाल प्रहरीका प्रमुख , प्रमुख जिल्ला अधिकारी , राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंह , यमुनामाई गाउपालिकाका अध्यक्ष श्री प्रसाद मुखिया लगायतका व्यतmाहरुले वाल विबाह रोक्नु पर्ने जोड़ दिएका थिए । यसै गरी महानिरिक्षक खनालले जिल्ला प्रहरी कार्यालयमा जडान गरिएको वायरलेस सिसि कैमराको पनि उदघाटन गरेका छन । सिसि कैमरा गौर नगरपालिकाको सहयोगमा जडान गरिएको हो ।,

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.