Take a fresh look at your lifestyle.
npa 9 suchana

राज्यले जेष्ठ नागरिक ,अशतm र महिलालाई सम्मान गरे पनि सार्वजनिक यातायातमा अपमान

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २४ पुष ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का अध्यक्ष तथा पर्व मन्त्री प्रभु साहले सार्वजनिक यातायातमा जेष्ठ नागरिक ,अशतm र महिलाको अपमान हुदै आएको बताएका छन । सार्वजनिक यातायात तथा अशतm र जेष्ठ नागरिक तथा महिलाको आरक्षित सिट एवम् भाडामा कानुन बमोजिम छुटको लागी विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले सार्वजनिक यातायातमा सम्मान हुने गरी राज्यले बनाएको कानुनलाई यातायातका धनीहरुले कानुन पालना नगरेको आरोप लगाए । सार्वजनिक यातायातका साधनमा जेष्ठ नागरिकको लागी दुई वटा सिट , अशतmको लागी दुई वटा सिट र ५० प्रतिशत भाडा छुट हुने कानुनमा उल्लेख भएको बताए । महिलाको लागी चार वटा आरक्षित सिट हुने व्यवस्था भएको उनले बताए । काठमाण्डौमा कानुन पालना भए पनि तराईमा पालना नभएको उनले गुनासो आएकोले जनचेतना मुलक कार्यक्रम गर्न लागेको मन्त्री शाहले बताए । राज्यले कानुन बनाए पनि व्यवहारमा लागू नगरे सम्म जनताले दुःख भोगी रहेको उदहारण दिएर स्पष्ट पारेका थिए । बस व्यवसायीका कर्मचारीहरुले कानुनलाई पालना नगरेमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सुझाव उनले दिएका थिए । शहरी विकास मन्त्रालय अन्तरगतका कामकाजहरु भइ रहेको उनले दावी गरे । विगतमा स्वीकृत भएको विकास निर्माणका कार्यहरु भइ रहेको उनले स्मरण गराएका थिए । गौर सदरमुकामलाई विकसित बनाउन वाइपास सडकको आवश्यकता रहेको अध्यक्ष शाहले बताए । भारतबाट आउने माल समान ढुवानीका लागी गौर सदरमुकाम नजिक हुने भएकोले भारत सँग जोडने गरी वाइपास सडकको आवश्यकता रहेको बताएका थिए । गौर चन्द्रनिगाहपुर सडकलाई चार लेनको विस्तार कार्य अगाडी बढने क्रममा रहेको उनले बताए । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले कानुनमा भएको नियमलाई पालना नगर्नेलाई कार्यवाही हुने बताए । राज्यको अधिकाँस समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भएकोले कानुन पालना गराउने दायीत्व रहेको उनले बताए । कानुन उल्लघन गरेको उजुरी आएमा कारवाही गर्ने प्रतिवद्धता उनले जनाएका थिए । सोही अवसरमा सार्वजनिक यातायात ऐन २०४९ मा भएको नियम वारेमा ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक विजय श्रेष्ठले बताएका थिए । सोही अवसरमा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष लालबाबु गिरीले कानुनमा भएको सम्पुर्ण सुविधा दिदै आएको बताए । ६ वर्ष देखि वस चालकको लाइसेन्स बन्द गरे पनि वस संचालनमा रहेको बताए । लाइसेन्स बन्द गरे पछि राज्यले वस संचालनमा रोक्क लगाउनु पर्नेमा नलगाई संचालन गराउने गरेमा दुःखेसो पोखेका थिए । विस वर्ष पुरानो सडकलाई विस्तार नगरी सवारी साधनको विस्तार गरेर राज्यले जनताको भावना माथि खेलवाड गरेको आरोप लगाए । सरकारले खाना खानु तर दिशा नगर्नु भनेको आलोचना गर्दै उनले विद्यार्थीलाई ३३ प्रतिशत , जेष्ठ नागरिक र अशतmलाई पचास प्रतिशत छुट दिए वापत राज्यले करमा छुट दिदै आएको सुविधा बन्द गरेको बताए । आठ हजार तिर्दै आएको करलाई बढाएर २७ हजार गरेकोमा आपति उनले जनाएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का सदस्य शम्भु शाहको अध्यक्षतामा प्रदेश न २ का सदस्य अब्दुल कलाम अजाद , कार्यदल सदस्य तथा प्रदेश न २ का सदस्य उपेन्द्र प्रसाद शाह , प्रदेश न २ का सदस्य कमल लगायतका वतmाहरुले सार्वजनिक यातायातमा भएको कमी कमजारी औल्याएका थिए । युवा नेता राजकिशोर यादवले उदघोषण गरेका थिए भने कार्यकर्ता , नेता , समाजसेवी , नागरिक समाजका अध्यक्ष लगायत पदाधिकारी गण , वस चालक , सह चालकहरुको सहभागिता रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.