

, रौतहट, १४ फागुन ।
साक्षरताको लागी साँस्कृतिक कार्यक्रम तथा कम्प्युटर ल्यापटप वितरण एवम नगरपालिका को पारित ऐन कानुन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । मौलापुर नगरपालिकाद्धारा आयोजित सो कार्यक्रममा रौतहट क्षेत्र नम्वर ३ का साँसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले मौलापुर नगरपालिकाले विकास निर्माण लगायत नगरका जनतालाई आत्मनिर्भर बनाउन ऐन ल्याएको बताए । वर्तमान सरकारको निति पनि आम नेपाली जनतालाई सुखी र समृद्धि बनाउनमा अहोरात्री खटिरहदा त्यस कार्यमा स्थानीय तहको पनि उत्तिकै दायित्व रहने बताएका थिए । मौलापुर नगरकार्यपालिकाद्धारा ल्याइएको ऐनले जनतालाई बलियो बनाएको स्पष्ट उनले पारे । साक्षरताका लागि साँस्कृतिक कार्यक्रममा नगरभित्र रहेका माध्यमिक विद्यालय, आधारभुत विद्यालय, प्राथमिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुले शिक्षा, सरसफाई, बालविवाह, दाइजो प्रथा जस्ता कुरुती विरुद्ध जनचेतना जगाउने उद्देश्यबाट आ आफना कला प्रस्तुत गरेका थिए । कक्षा ११ मा अध्ययन गर्ने ५० जना छात्राहरुलाई आधुनिक युग संग जुडि आफना शिक्षालाई अघि बढाउनका लागि मौलापुर नगरपालिकाको सहयोगमा एक÷एक थान ल्यापटप साँसद साहले वितरण गरेका छन् । त्यसैगरी अध्ययन अध्यापनको साथै खेलकुद क्षेत्रमा पनि मौलापुर नगरपालिकाको स्थान अवल होस भनेर नगरको ११ वटा वडाका क्रिकेट टिमलाई क्रिकेटका सम्पूर्ण सामग्रीहरु वितरण साँसद साहले गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले बताए । स्थानीय सरकार संचालन ऐन २०७४ परिधी भित्र रहेर मौलापुर नगरपालिका ऐन संग्रह सार्वजनिक गरी कार्यान्वयनमा ल्याएको छ । रौतहटको मौलापुर नगरपालिकाको मौलापुरमा सोमवार आयोजित एक कार्यक्रमका विच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्वर २ का अध्यक्ष प्रभु साह , मेयर रिना साह ,नगरपालिकाका पदाधिकारीहरुले ऐनलाई विमोचन गरेर सार्वजनिक गरेको हो । मौलापुर नगरपालिकाले स्थानीय राजपत्र सहित सात वुंदाका ऐन संग्रह सार्वजनिक गरेको छ । मौलापुर नगरपालिका शिक्षा ऐन २०७५, कृषि ऐन, कृषि संस्थान ऐन, सहकारी ऐन, एफएम रेडियो ऐन, प्राविधिक तथा व्यवसायिक तालिम प्रतिष्ठान ऐन र प्रशासनिक कार्यविधि (नियमित गर्ने) ऐन गरी सात वटा ऐन तयार गरेर २०७५ फागुन ५ गते देखि नगरमा लागु गरिएका छन् ।