Take a fresh look at your lifestyle.
npa 9 suchana

सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट १४ फागुन ।
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा प्रदेश नं. २ को सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन भएको छ । माननीय कल्याणी खडकाको संयोजकत्वमा,उपेन्द्र साह , जयचन्द्र पटेल, राम कुमार भटराई मणीशंकर निधि , एकराज थापा , राजकिशोर प्रसाद यादव ,लक्षमण रेग्मी , रहने गरी आठ सदस्यी प्रचार प्रसार समिति गठन भएको प्रचार प्रसार समितिका सदस्य उपेन्द्र प्रसाद शाहले बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न २ को आयोजनामा हुने लागेको फागुन २५ गते गरुडा आमसभालाई वृहतरुपमा प्रचार प्रसारका लागी सो समिति गठन भएको बताइएको छ । यसै गरी प्रचार प्रसारलाई आम जनता समक्ष पुरयाउने उदेश्यले संचार प्रचार प्रसार उप समिति शैलेन्द्र झाको संयोजकत्वमा २१ सदस्य समिति गठन भएको छ । समितिका सदस्यहरुमा फणी महत , जितेन्द्र प्रसाद श्रीवास्तव , शैलेन्द्र कुमार गूप्ता प्रेम चन्द्र झा , सुब्बा कार्की , मनोज शाह , आर्दश उपाध्याय , दिपेश पौडेल , सजय शाह , सजय मिश्र , कृष्णा तिवारी , राम प्रवेश बैठा , अशोक पहाडी , विपिन गौतम , लगायतका पत्रकारहरु रहने गरी समिति गठन भएको संयोजक कल्याणी खडकाले बताएकी छिन । आज गरुडाको नविन गेष्ट हाउसको सभा हलमा गठन भएको जनाइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.