Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रचार प्रसार समितिका पदाधिकारीद्धारा कार्यक्रम स्थलको निरिक्षण तथा अनुगमन

gadhimai nagar palika ko suchana
suchana gadhimai


,रौतहट १५ फागुन ।
प्रधानमन्त्री केपि शर्मा ओलि एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा रौतहटको गरुडा बजारमा सैधान्तिक तथा राजनीतिक विशाल जनासभाको लागि आज प्रचार प्रसार समितिले कार्यक्रम स्थलको निरिक्षण तथा अनुगमन गरेको छ । प्रचार प्रसार समितिका सदस्य तथा कार्यदलका सदस्य उपेन्द्र प्रसाद शाहको अगुवाइमा संचार प्रचार प्रसार उप समिति रौतहटका संयोजक शैलेन्द्र झाको सक्रियतामा गएको पत्रकार टोलीले कार्यक्रम स्थलको अनुगमन तथा निरिक्षण गरेका छन । यसै गरी प्रचार प्रसार समितिका बैठक गरुडाका नविन गेष्ट हाउसमा बुधवार सम्पन्न भएको छ । प्रचार प्रसार समितिका सदस्य तथा कार्यदलका सदस्य उपेन्द्र प्रसाद शाहको अध्यक्षतामा समितिका सदस्यहरु राम कुमार भटराई , मणीशंकर निधि , एकराज थापा , लक्ष्मण रेग्मी , संचार प्रचार प्रसार उप समितिका संयोजक शैलेन्द्र झा , संचार प्रचार प्रसार उप समितिका सदस्यहरु फणी महत , जितेन्द्र श्रीवास्तव ,रमेश तिम्लसिना , सजय सहनी , राम प्रवेश बैठा लगायतका सहभागितामा रेडियो , स्थानीय पत्र पत्रिका , अनलाइन पत्रिकाहरुमा प्रचार प्रसार सामग्री निर्माण गरी वितरण गर्ने जिम्मेवारी फाडफाँड भएको छ । यसै क्रममा हिजो नेपाल प्रहरी आवासिय माध्यमिक विद्यालय विर्ताका वस तथा उखु लोड भएका टे«क्टरमा ठोक्कर लागी निधन भएको विद्यार्थी प्रति श्रधाञजली तथा घाइते प्रति शिघ्र लाभको कामना गरेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.