Take a fresh look at your lifestyle.
npa 9 suchana

(नेकपा) का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइयो

gadhimai nagar palika ko suchana
suchana gadhimai


,रौतहट १६ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइएको छ । नागरिक तथा उडयन पर्यटक मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा निधन भएकोमा पार्टीको झण्डा झुकाइएको हो । नेकपाका कार्यदल सदस्य उपेन्द्र प्रसाद शाहको नेतृत्वमा पार्टी कार्यालय रौतहटको झण्डा झुकाइएको छ । सो क्रममा कार्यदल सदस्य शाहले असल नेतृत्वकर्ता ,इमानदारी छवी भएको योद्धा अधिकारी पार्टीले गुमाएको प्रति दुःख व्यतm गरे । निधन भएका मन्त्री अधिकारी लगायत सात जना प्रति हार्दिक श्रद्धाञजली अर्पण समेत गरेका छन । शोकाकुल परिवार प्रति धैर्यधारणको कामना सहित उनको सपना पुरा गर्न पार्टीले अहम भुमिका खेल्ने शाहले बताए । सोही अवसरमा माधव नारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह ,स्थानीय नेता प्रेमचन्द्र साह , राजेश शाह , विरेन्द्र साह , नेपाल प्रस सगठनका केन्द्रिय सदस्य शैलेन्द्र झा , नेपाल पत्रकार महासँगका पार्षद राम एकवाल शाह , पत्रकार सजय सहनी लगायतका महानुभावहरुले श्रद्धाञजली अर्पण गरेका थिए । यसै गरी राष्ट्रिय जनता पार्टी केन्द्रिय कार्यालयले प्रेस विज्ञप्ति प्रकाशित गरी हेलिकप्टर दुर्घटना प्रति दुःख व्यतm गरेको छ । शोकाकुल परिवार र पार्टी प्रति समवेदना प्रकट गरेको छ । अध्यक्ष महेन्द्र राय यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.