Take a fresh look at your lifestyle.
npa 9 suchana

बौधीमाई नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai


,रौतहट १७ फागुन ।
बौधीमाई नगरपालिकाको दोस्रो नगर सभा अधिवेशन २०७५ को खुल्ला सत्र आज शुक्रवार वकुलमा सम्पन्न भएको छ । सो सभामा मेयर राजीव रंजन यादवले आ.व ०७४।०७५ मा चालु खर्च तर्फ चौध करोड अन्ठानवे लाख पचपन्न हजार पाँच सय अन्ठाउन पैसा उनाइस पुजिगत खर्च तर्फ सोह्र करोड अठासी लाख त्रिसठी हजार आठ सय छयासठी पैसा अठाइस गरी जम्मा वजेट एकतिस करोड सतासी लाख उनाइस हजार चार सय चौबिस पैसा सैतालिस रहेको बताए । आ.व. ०७५।०७६ को संशोधित बजेटमा चालु तर्फ ११ करोड ६६ लाख ३७ हजार र पुजिगत तर्फ २३ करोड २४ लाख २१ हजार ३३ गरी जम्मा वजेट ३४ करोड ९० लाख ५८ हजार ३३ रहेको उनले बताए । यसै गरी आ.व. ०७६।०७७ मा चालु तर्फ १२ करोड ८७ लाख २ हजार ९ सय र पुजिगत तर्फ २० करोड ८२ लाख ९० हजार ३० गरी जम्मा वजेट ३३ करोड६९ लाख ९३ हजार २ सयको वजेट प्रस्तुत गरेको थियो । सो क्रममा वजेटको उदेश्य ,वजेटको प्राथमिकता , क्षेत्रगत निति , समाजिक विकास सम्बन्धी निति ,भाषा तथा संस्कृतिक , खेलकुद ,संस्था सम्बन्धी निधि , लैङ्गिक विकास ,स्वास्थ्य तथा जनसंख्या सम्बन्धी निति , आर्थिक विकास सम्बन्धी निति , पुर्वाधार विकास निति , वातावरण संरक्षण तथा विपद व्यवस्थापन सम्बन्धी निति , विधेयक सम्बन्धी निति लगायत शिर्षक वारेमा जानकारी गराइएको थियो । सो अवसरमा विभिन्न वडाका वडा अध्यक्ष , समाजसेवी ,भद्र भलादमी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.