Take a fresh look at your lifestyle.
npa 9 suchana

विशाल जनसभाको लागि विस्तारित बैठक सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १८ फागुन ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपि शर्मा ओलि तथा पुर्व प्रधानमन्त्री र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा गरुडा बजारमा हुने विशाल सभालाई व्यवस्थित बनाउनका लागी शनिवार विस्तारित बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. २ द्धारा आयोजित हुने विशाल आमसभाको लागि प्रचार प्रसार समितिका संयोजक कल्याणी खडकाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । नविन गेष्ट हाउस गरुडाको सभाहलमा आयोजित सो बैठकमा कार्यदल सदस्य तथा प्रचार प्रसार समितिका सदस्य उपेन्द्र प्रसाद शाह , प्रचार प्रसार समितिका सदस्य राम कुमार भटराई , एकराज थापा , राजकिशोर प्रसाद यादव , संचार प्रचार प्रसार उप समितिका संयोजक शैलेन्द्र झा ,संचार प्रचार प्रसार समितिका सदस्य जितेन्द्र प्रसाद श्रीवास्तव , प्रेम चन्द्र झा , आर्दश उपाध्याय , सजय शाह , सजय मिश्र , सजय सहनी , लगायतका महानुभावहरुले कार्यक्रमलाई व्यवस्थित , शान्त , जनसभामा हुने स्वयसेवक परिचालन , स्टेज निर्माण , प्रचार प्रसार समाग्री , जस्ताका वारे छलफल गरिएको थियो । यसै गरी शनिवार दिउसो देवाही गोनाही गाउँ पालिकाका वडास्तरिय बैठक सम्पन्न भएको छ । देवाही गोनाही नगर पालिकाका उप मेयर प्रणनीय देवीको अध्यक्षता बैठक सम्पन्न भएको हो । सो कार्यक्रमका प्रमुख अतिथि कार्यदल सदस्य तथा प्रचार प्रसार समितिका सदस्य उपेन्द्र प्रसाद शाहले व्यवस्थित नारा सहितको जन सहभागिता जुटाउन निर्देशन दिएका छन । समृद्ध देश र सुखी नेपाली बनाउनका लागी विशाल जनसभालाई आफै शान्त र व्यवस्थित भई दिए राम्रो हुने कार्यकर्ताहरुलाई बताएका थिए । आफनो ठाउँबाट आफै व्यानर तथा झण्डाको व्यवस्था मिलाउन उनले आग्रह गरे । गाउँ गाउँका छुटा छुटै कार्यक्रममा व्यवस्था हुने बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.