रौतहट २९ फागुन ।
भौतिक पुर्वाधार विकास मनत्रालयको जलस्रोत तथा सिचाई विकास योजनाबाट निर्माण हुने लालबकैया नदी नियन्त्रण शिलान्यास कार्यक्रम बुधवार सम्पन्न भएको छ । लाल बकैया नदी नियन्त्रण समिति गौर २ महादेवपर्टीद्धारा आयोजित शिलान्यास कार्यक्रममा प्रदेश न २ का सभासद बाबु लाल शाह कानुले गरेका छन । सो अवसरमा सभासद शाहले लाल बकैया नदीले किसानहरुको जग्गा कटान गरी क्षति पुरयाउने गरेकोले कटान रोक्न ठोक्करको निर्माण हुन लागेको बताए । बाढी तथा कटानले किसानलाई प्रत्येक वर्ष लाल बकैयाले बालीनाली सहित जग्गाको क्षति पुरयाउने गरेकोले ठोक्कर निर्माण पछि राहत हुने विश्वास लिएको उनले बताए । विरेन्द्र प्रसाद कलवारको अध्यक्षतामा संजित गिरी , भगत सिह , युवा नेता टिलु सिह लगायतका महानुभावहरुको सहभागिता रहेको थियो । ५५ लाखको लागतमा महादेवपर्टी तथा बन्जरहाको विचमा ठोक्कर निर्माण हुन लागेको बताइएको छ ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments