Take a fresh look at your lifestyle.
npa 9 suchana

एक लाख पन्चानवे हजारको सामग्री सहित मानिस भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २९ फागुन ।
भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा शसस्त्र प्रहरीले राजदेवी नगरपालिका ८ लक्ष्मिपुरबाट पेन्टका सामग्रीहरु पक्राउ गरेको छ । ना ४० प २७७९ नम्बरको ग्लामर मोटर साईकलमा बिभिन्न किसिमका पेन्टहरु ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल विओपि बेलविछवा रौतहटबाट खटिई गएको टोलीलाई देखि मोटर साईकल र सामान छाडी व्यक्ति भागेकोले मोटर साईकल र पेन्टलाई नियन्त्रणमा लिएको शसस्त्र प्रहरी वलले जनाएको छ । आवश्यक कारबाहीको लागी विओपिमा ल्याई भन्सार कार्यालयमा बुझाउन लाने क्रममा जिल्ला रौतहट बृन्दावन नगरपालिका ४ बस्ने अन्दाजी वर्ष २५ को फैमुलक शेख विओपिमा आई मेरो सामान हो भनी उक्त सामान छुटाउनको लागी आर्थिक प्रलोभन देखाई दबाब दिएको हुँदा निजलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । निजको साथमा रहेको रु ११ हजार २ सय १०। नगद र मोबाईल थान १ सहित नियन्त्रणमा लिएको छ । सामानलाई आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालयमा बुझाउदा मोटर साईकलको रु १ लाख ५० हजार र सामानको मुल्य रु ४५ हजार गरी जम्मा रु १ लाख ९५ हजार भन्सार मुल्य कायम भएको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.