Take a fresh look at your lifestyle.
npa 9 suchana

मैत्रीपुर्ण कानुन बनाएर सम्पुर्ण वर्गलाई आरक्षित गर्ने — मन्त्री यादव

gadhimai nagar palika ko suchana
suchana gadhimai


,रौतहट २६ फागुन ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले मैत्रीपुर्ण कानुन बनाउन पहल भइ रहेको बताएका छन । रौतहट पालिका स्तरिय महिला फुटबल टुर्नामेन्ट रौतहट गोल्ड कप २०७५ को समापन समारोह लाई सम्बोधन गर्दै उनले प्रदेश न २ मा सम्पुर्ण वर्गलाई आरक्षण सहितको मैत्रीपुर्ण कानुन बनाएर हरेक वर्गलाई समृद्धिको बाटो देखाउने उनले स्पष्ट पारेका थिए । प्रदेश न २ को महिला एकदमै पछाडी रहेकोले उकास्नका लागी प्रदेश न २ को हरेक तह तप्कामा ५० प्रतिशत महिला आरक्षणको व्यवस्था गराउन तयारी भइ रहेको बताए । खेलकुदले बाल बालिकाको स्वास्थ्यमा स्फुर्ति लगायत शारिक बनाबट राम्रो हुने भएकोले खेलकुद बाल बालिकाको लागी अहम हुने बताए । खेलकुदले शारिरिक स्वास्थ्यका साथै सदभाव , स्वच्छ प्रतिस्पर्धा , अनुशासित , तथा प्रतिस्पर्धा गर्ने ,क्षमताको विकास हुने मन्त्री यादवले बताए । प्रदेश न २ लाई समृद्ध बनाउन खेलकुदको भुमिका पनि अहम हुने बताए । प्रत्येक मानवलाई वार्षिक १३ हजार औषधी उपचारमा खर्च हुने गरेको तथ्याँक बताउदै उनले खेलकुद खेल्ने बालि बालिका स्वस्थ्य रहने गरेकोले औषधी खर्च बच्ने उनले बताए । प्रदेश न २ ले विभिन्न खेलकुदका लागी वजेट विनियोजन गरेको उनले बताए । गौर राइस मिल्लको जग्गा सम्बन्धमा चलि रहेको आन्दोलनको क्रममा जग्गालाई अधिग्रहण गर्नका निमति छानवीन समिति गठन गरी कार्य संचालन गरी रहेको अवस्थामा अदालतको परमादेश आएकोले आफुहरु कार्य गर्न नसकेको दावी गरे । आउदो दिनमा राइस मिलको जग्गालाई अधिग्रहण गराएर छाडने प्रतिवद्धता उनले आज व्यतm गरेका थिए । आइतवार भएको फाइनल खेलमा चन्द्रपुर टिमले १५ गोल गरी विजय भएका छन । भने १ गोल गरी गौर टिमले दोस्रो स्थान प्राप्त गर्न सकेकोमा बधाई तथा धन्यवाद मन्त्री यादवले दिएका दिए । सोही अवसरमा चन्द्रपुर टिमलाई डिश होमका प्रोपाइटर सन्तोष केसरीले ५१ हजार नगद सहित प्रशंसा पत्र प्रदान गरेका थिए । सोही अवसरमा दोस्रो हुने गौर नगर का टिमलाई आरडिस नेपालका अध्यक्ष पारस हुसैनले २५ हजार नगद सहित प्रश्रसा पत्र प्रदान गरेका थिए । स्थानीय विकास केन्द्र गौरका अध्यक्ष दिनेश यादवको अध्यक्षतामा गौर नगर पालिकाका मेयर अजय कुमार गुप्ता , प्रदेश सभासद राम किशोर यादव , बेटी पढाउ बेटी बचाउ अभियानका अध्यक्ष शोभा देवी साह लगायतका वतmाहरुले शुभकामना व्यतm गरेका थिए । सोही अवसरमा संचारकर्मी तथा सहयोग गर्ने संघ सस्थालाई सम्मान पत्र प्रदान गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.