, रौतहट १९ चैत्र ।
पिडितपक्ष र नगर प्रहरी विच सहमतिभएको छ । जिल्लाप्रहरी कार्यालय रौतहटमा भएको छलफलमा नगर प्रहरीले गल्ती स्वीकार गरे पछि सहमतिभएको हो । नगर प्रहरीद्धारा गरिएको कुटपिटमा घाइते भएका ६५ वर्षीय रामविलास पासवान , २४ वर्षीय बन्दु पासवान ,१८ वर्षीय संजय पासवान ,रमेश पासवान ,रामजीपासवानलाई उपचार खर्च दिने गरी सहमतिभएको बताइएको छ । गौर नगर पालिकाका वडा न २ कामहादेवपर्टीमागतमगलवार राति ८ः३० वजेको समयमा लामखुटे नियन्त्रणलागीऔषधी छर्ने क्रममा स्थानीयवासीसँगभएको वादविवादमानगर प्रहरीले चार जनालाई कुटपिट गरेको थियो । लामखुटेको औषधी मेन रोडमा छर्ने कार्य गरी रहेको अवस्थामाअन्य बाटोमापनिऔषधी छर्न स्थानीयले आग्रह गरेकाथिए । स्थानीयको आग्रहलाई वेवास्ता गरे पछि वादविवादभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काप्रदेश न २ का सदस्यशम्भु साहद्धारा दोषीलाई कार्यवाहीहुनु पर्ने माग राख्दै जिल्लाप्रशासनकार्यालय रौतहटमाआइतवार ज्ञापन पत्रबुझाउदै नगर भित्रनगर प्रमुखको विरोधमानारा जुलुस गरे पछि जिप्रका रौतहटले छलफलका लागीदुवै पक्षलाई बोलाएकाथिए । नगर प्रहरीहरुले नगरकाविभिन्न क्षेत्रमा गुण्डागर्दी तरिकाले प्रस्तुतभई कार्य गरि रहेको प्रतिनेकपाले घोर भत्सर्ना गरेको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments