Take a fresh look at your lifestyle.
npa 9 suchana

बाल विवाह तथा दाइजो प्रथा विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

, रौतहट २७ बैशाख ।

सम्बन्धित अन्य समाचार
यमुनामाई गाउँ पालिकाको सुचना

जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बाल विवाह तथा दाइजो प्रथा विरुद्ध सचेतनामूलक कार्यक्रम शुक्रवार गौर व्यारेक फिल्डमा सम्पन्न भएको छ । जिल्ला विकास समन्वय समितिका सभापति राम एकवाल राय यादवको अध्यक्षतामा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत विभिन्न कार्यालयका प्रमुख , सरकारी तथा गैर सरकारी संघ सस्था , समाजसेवी , विभिन्न नगरपालिकाका प्रमुख , उपप्रमुख ,संचारकर्मी , विद्यार्थी , अभिभावक लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । दुर्गा भगवती गाउँ पालिका , आरडिसी , माण्डवी लगायतका सहयोगमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा वाल विवाह , दाइजो प्रथाको विरुद्धमा भोजपुरी , लोक गित , नाटक , मैथली गित , तराई पहाड हिमालको संस्कृतिलाई झल्काउने नृत्य गायन प्रर्दशन गरिएको थियो । यसै गरी आज अधार भुत विद्यालय बाल मन्दिरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो । शान्तिपुर्ण एवं सुरक्षित समाजका लागी नेपाल प्रहरी अस्पताल द्धारा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो । सो कार्यक्रमलाई प्रजिअ थापाले गमलामा पानी हाली उदघाटन गरेका थिए । कार्यक्रमको उदेश्य तथा वाल विवाह सम्बन्धी कानुनका वारेमा प्रहरी उपरिक्षक भुपेन्द्र वहादुर खत्रीले जानकारी गराएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.