Take a fresh look at your lifestyle.
npa 9 suchana

उपराष्ट्«पति पुनको आतिथ्यमा  जानकी महोत्सव हुुदै

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

यमुनामाई गाउँ पालिकाको सुचना

रौतहट, २७ वैशाख  । रौतहटको कटहरिया नगरपालिकामा उपराष्ट्र्पति नन्द बहादुर पुनको आतिथ्यमा  हुन गईरहेको जानकी महोत्सवको तयारी पुरा भएको छ ।  वैशाख ३० गते कटहरिया नगरपालिकाको कटहरिया बजारमा एक दिने जानकी महोत्सव उपराष्ट्रपति नन्दबहादुर पुन द्धारा उदघाटन गरिने कार्यक्रम निर्धारण गरिएको हो । महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको कटहरिया नगरपालिकाद्धारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सियाराम कुशवाहाले बताएका छन । नगरप्रमुख कुशवाहाले राष्ट्रिय विभूती सीता जन्म जयन्तीको अवसरमा आयोजित एक दिने महोत्सवबाट जानकी माताको अस्तित्व र उनको जन्मको उद्देश्यलाई जनसमक्ष पुर्याउनका लागि पहिलो पल्ट सार्वजनिक रुपले रौतहटमा महोत्सव मनाउन लागिएको बताए । जनकपुरमा जन्मिएकी माता सीता जनकपुरको मात्रै नभई उनको नासो सिंगो नेपाल संग जोडिएको हुँदा त्रेता युगमा जन्मीएकी सीताको विचारलाई अहिलेको समयमा जनमानस समक्ष पुर्याएमा महिलाहरु माथि भईरहेको हिंसा एवं भेदभावको घटनाहरु न्यून हुने कार्यक्रमको उदेश्य रहेको मेयर कुशवाहाले बताए । पत्रकार सम्मेलनमा प्रदेश साँसद कुन्दन कुशवाहाले मर्यादा पुरुषोत्तम रामको जन्मको अवसरमा रामनवमीको दिन ठाँउ ठाँउमा बिभिन्न कार्यक्रम गरी मनाउने र उनको अर्धागिनीको रुपमा रहेकी सीताको जन्म जयन्ती पनि राम सरह मनाउन कार्यक्रम मार्फत थालनी गरेको बताए । माता सिताको भुमिकाको महत्वकै कारण सिताको स्थान राम भन्दा पहिला आउने गरेको  कारणलै नै नाम लिदा  सीतारामले प्रख्यात भएको प्रदेश सांसद कुशवाहाले स्पस्ट पारे । माता सिताकै कारण नेपाल भारत विच आजको नभई त्रेता युग देखि वेटी रोटीको सम्बन्ध रहेको चर्चा गर्दै उनले बदलिदो परिवेशमा सीताको विभिन्न झाकी प्रदर्शन गराएर स्थानीय महिलाहरुमा सीताको जस्तै चरित्र र गरीमा अंगाल्न प्रेरणा मिल्ने कुशवाहाले विश्वास व्यक्त गरे । महोत्सवमा २० हजार बढी जनसहभागिता रहने लक्ष्यका साथ आयोजना हुन लागिएको उक्त कार्यक्रममा राष्ट्रिय, अन्तरराष्ट्रिय कलाकार तथा बिषेश ब्यक्तित्वको  उपस्थिति रहने बताईएको छ ।  महोत्सवमा २५ लाख अनुमानित खर्च हुने आधा भन्दा बढि रकम स्थानीय बासिन्दाहरुको सहयोग भएको र १० लाख नगरपालिकाले सहयोग गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । नेकपा प्रदेश २ का अध्यक्ष पुर्वमन्त्री प्रभु साहको पहलमा कटहरिया नगरपालिकाको आयोजना तथा मधेश साँस्कृतिक प्रतिष्ठान नेपालको सह आयोजनमा भईरहेको महोत्सवमा नेपाल र भारतका धार्मिक साँस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.