Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा दोस्रो स्काभेटरमा आगजनी

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २७ बैशाख । अज्ञात समुहले दोस्रो पटक स्काभेटरमा आगजनी गरेका छन । गरुडा नगरपालिका लक्ष्मीपुर गाउँछेउमा अज्ञात समुह द्धारा सडक डिभिजन कार्यालयको स्काभेटरमा आगजनी गरेको हो । सडक निर्माणमा स्थानिय र निर्माण कम्पनीका मानिस बिच बिवाद हुुँदा बिहिवार राति गुुजरा नगरपालिका ६ खतवहिया टोलछेउमा रहेको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको हो । शहरी विकास मन्त्रालय अन्तरगत शहरी पुर्वाधार निर्माणमा रमन,सगरमाथा सगुुन जेभी कन्सट्क्शन द्धारा गुुजरा ६ खतवहिया सडक निर्माण भई रहेको थियो । निर्माणको क्रममा केही स्थानिय र ठेकदार कम्पनीका मानिस संग बिहिवार दिउसो बिवाद भएको थियो । दिउसो बिवाद पछि खतवहिया गाउँछेउमा रोकेर राखिएको निर्माण कम्पनीको स्काभेटरमा मध्यरातमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी बाट स्काभेटरको अधिकांश भाग जलीसकेको तथा घटना बारे छानबिन भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन । यस अघि गरुडा कटहरिया सडक खण्डमा गत मंशिर महिनामा सडक फराकिलो तथा केही ठाँउमा नया सडक निर्माण भईरहेको थियो । निर्माणको क्रममा सडक सिधा बनाउने बिषय लिएर केही स्थानिय र निर्माणकर्ता बिच बिवाद भएको थियो । बिवाद पछि निर्माणकार्यमा खटीरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाह पुरको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेका थिए । आगजनी बाट सडक डिभिजनको स्काभेटरको अधिकांश भाग जलेर कामै नलाग्ने अवस्थामा बनेको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले केही स्थानियलाई नियन्त्रणमा लिएर अनुुसंधान गरेपनि बास्तविक दोषीलाई प्रहरीले हालसम्म पक्राउ गर्न नसकेको प्रदेश सांसद कुन्दन कुुशवाहाले बताएका छन । एसपी खत्रीले गएराती गुजरामा भएको स्काभेटर आगलागीमा संलग्न केही मानिसको नाम आएको छ , उनीहरुको खोजी र घटनाको थप अनुुसंधान भईरहेको बताए । यसअघि भएको स्काभेटरमा आगजनीको घटनाको समेत अनुुसंधान भईरहेको एसपी खत्रीले जानकारी गराए । रौतहटमा पटक पटक सडक निर्माणको क्रममा स्काभेटरमा अज्ञात समुह द्धारा आगजनीका घटनाहरु हुनुु र दोषी पक्राउ नहुुनुुले प्रदेश २ का नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष माननीय प्रभु साह तथा निर्माण ब्यवशायी शहदेव खडका सहितको टोलीले आज काठमाण्डौमा गृहमन्त्री रामबहादुर थापा संग भेटघाट गरी घटना बारे ध्यानाकर्षण गराएको छ । भेटघाटको क्रममा गृहमन्त्री थापाले घटनामा संलग्न दोषीलाई पता लगाई अबिलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरीलाई कडा निर्देशन दिएको पुुर्वमन्त्री तथा प्रदेश अध्यक्ष प्रभुु साहका स्वकीय सचिव बालकृष्ण सापकोटाले जानकारी दिएका छन । जिल्लाका विकास निर्माणको कार्यमा लागीरहेको स्काभेटरमा पटक पटक आगजनीको घटना हुनुुले निर्माण ब्यवसायीहरु चिन्तित बनेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.