, रौतहट ३ असार ।
राजदेवी नगरपालिकाका औषधी खरिदमा व्यापक अनियमितता भएको आरोप उपमेयर अंशु सिहले लगाएकी छिन । १९ लाख ९९ हजारमा कोटेशनबाट खरिद भएको औषधी स्टोरमा दाखिला भएको देखिए पनि स्टोरमा औषधी नभएको उनले बताइन् । स्टोरमा राखिएको औषधी पटक पटक हेर्नका लागी आफुले तागेता गरे पनि मेयर धिरेन्द्र सिह तथा निमित प्रशासकीय अधिकृत सजय पाण्डेले आल टाल गर्दै आएको आरोप उपमेयर सिहले लगाएकी छिन । स्टोरमा औषधी दाखिला नभए पनि भुतmानी दिएको उनले बताइन् । औषधी देखाउन आनाकानी गरेकोले आफुले स्टोरमा अर्को ताल्चा लगाएको उपमेयर सिहले बताइन् । ७० किसिमका औषधीका लागी कोटेशन भए पनि थोरै किसिमको औषधी स्टोरमा रहेको बताइन् । औषधी खरिदमा भएको अनियमितता वारे छानविन गर्न सम्बन्धित निकायसँग माग गरेका छन । सोमवार राति मेयरले स्टोरमा ताल्चा तोडेको आरोप लगाएकी छिन । निशुल्क वितरण गर्ने अस्पतालको औषधी ९ वटा दाखिला नभएको आरोप उपमेयरले लगाइन् । यसै गरी राजदेवी नगरपालिकाले प्रेस विज्ञप्ति प्रकाशित गरी दोस्रो नगर सभाबाट आर्थिक वर्ष २०७५।०७६ मा औषधी आपुर्तिका लागी २० लाखको शिल्ड कोटेशन आहवान गरेकोमा १५ वटा शिल्ड कोटेशन फार्म भरेको जनाएको छ । सो मध्ये सब भन्दा कम रेटमा ७ लाख ३८ हजार १ सयमा न्यू पशुपति मेडिकल हल चन्द्रपुरले सकार गरी सोही अनुसार औषधी आपुर्ति गरेको जनाएको छ । नेपाल सरकार स्वास्थ्य विभागको छाप भएको तथा सरकारले निशुल्क औषधी उपलब्ध गराउने भनी उल्लेख भएको औषधी स्वास्थ्य कार्यालयमा उपलब्ध गराउने प्रावधान रहेको छ । निजि औषधी पसलमा विक्री गर्न नपाउने ७० किसिमका औषधी मध्ये ६३ किसिमका औषधी दाखिला भएको जनाएको छ । नगरपालिकामा कार्यालय भवनको अभावले गर्दा कृषि ,पशु , आयुर्वेदको औषधी सवै एकै कोठामा राख्न नभ्याएकोले २ वटा कोठामा औषधी राखिएमा एउटा कोठामा राखेको औषधी गिन्ती गरी वाँकी ९ किसिमका औषधी अर्को कोठामा राखेकोमा गिन्ती नै नगरी विभिन्न किसिमका समाजिक संजालमा भ्रामक न्यूहरु आएकोले ध्यान आर्कषण भएको विज्ञप्ति मार्फत जनाएको छ ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments