

, रौतहट ५ असार ।
फरार रहेका प्रतिवादी भोला भन्ने लालबाबु महतो नुनियालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरिक्षक पपु नायकको कमाण्डमा खटि गएको प्रहरी टोलीले जिल्ला अस्पताल गौर नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साविक सरुअठा गा.बि.स. वडा नं. १ बस्ने चिन्टु भन्ने राकेश कुमार साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी साविक गाविस पिपरा रजवाडा वडा नं. २ बस्ने भोला भन्ने लालबाबु महतो नुनिया समेत भएको अपहरण तथा मानव बेचबिखन ओसार पसार मुद्दामा सम्मानित पुनरावेदन अदालत हेटौडाबाट दुई वर्ष कैद सजाय तोकी आदेश भएको थियो । सम्मानित सर्वोच्च अदालतले पुरनावेदन अदालतकै निर्णय सदर गरिदिईएकोमा लामो समय देखि भागी फरार रहेका प्रतिवादी भोला भन्ने लालबाबु महतो नुनियालाई प्रहरी कार्यालयबाट प्र.नि. पपु नायकको कमाण्डमा खटि गएको प्रहरी टोलीले बुधवार १७ वजेको समयमा पक्राउ गरिएको जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक नविन कार्कीले बताए ।