

, रौतहट २४ असार ।
नेपाल नागरिक समाज जिल्ला कार्य समिति रौतहटले गौर नगरपालिका प्रमुख समक्ष ज्ञापन पत्र बुझाएका छन । गौर नगर पालिकाको वडा न ४ गढवाको वस पार्क नजिक निर्माण हुन लागेको पुलको उचाई सडक देखि १० फिट अग्लो बनाउन लागेको पुल एक हप्ता नवित्दै राति ८ वजेको समयमा भत्केकोले कार्यवाही गर्न माग गर्दै ध्यानाकर्षण गराएको ज्ञापन पत्रमा उल्लेख गरेका छन । पुल निर्माणमा अहिले सम्म ६ करोड खर्च भइ सकेको तथा ३ करोड २५ लाख खर्च अझ लाग्ने जानकारी प्राप्त भएको उल्लेख छ । सडकको लेवलमा पुल निर्माण कार्य गर्नु पर्ने आवश्यकता रहे पनि सडक देखि १० फिट अग्लो निर्माण कार्य गराउनु जनताले तिरेको कर दुरुपयोग हुन लागेको ज्ञापन पत्रमा उल्लेख छ । यसै गरी गौर नगरपालिका भित्र निर्माण हुन लागेको सडक नालामा दुवै तर्फ घरको पानी , वर्षाको पानी नालामा वहाव हुनु पर्नेमा नाला निर्माणको अवस्थाले पानी वहावको अवस्था नदिेखिएकोले समयमा सचेत गराउन ज्ञापन दिएको उल्लेख छ । यसै गरी वरहवा तालको संरक्षण हुनु पर्ने जनताको चाहना रहेको सर्व विदित छ । नेपाली सेनाले वरहवा ताललाई संरक्षण गर्ने उदेश्यले गरिएको सोलेपमा घासपात दुबो समेत उम्री माटोको संरक्षण भइ रहेको अवस्थामा अहिले सो ताललाई गहिराई गर्न लगाइएको मेशिनले बेडको माटो काटिएकोले भत्कने सम्भावना रहेको उल्लेख छ । गौर राइस मिल्लको जग्गावालालाई मुअब्जा दिई नगरवासीको इच्छा आँकक्षा पुरा गर्न नगरपालिकाबाट छुटयाइएको वजेट १ करोड ७० लाख सम्बन्धित निकायलाई अहिलेृ सम्म हस्तान्तरण गरेको हो होइन भने अवस्था वारे चासो लिएको नेपाल नागरिक समाज रौतहटका अध्यक्ष जगन्नाथ प्रसाद केसरी , रिझन यादव ,विश्वनाथ प्रसाद श्रीवास्तव ,महेश्वर लाल कर्ण , विरेन्द्र झा , गौरीकान्त मिश्र , राम शंकर प्र केसरी द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।