रौतहट २५ असार ।
कटहरिया नगरपालिकाले बुधवार तेस्रो नगरसभा एक समारोहका बिच सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले राजा नबन्न जनप्रतिनिधी लाई सुझाव दिएका छन । स्थानिय तहमा आएको विकास बजेट जनतामा खर्च गर्न समेत उनले भने । कटहरिया नगरपालिकामा देखिएको बिवाद नगरस्तरमै मिलाउन पुर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि साहले आग्रह गरेका हुन । आर्थिक बर्ष २०७६।०७७का लागी कटहरिया नगरपालिकाले कुल बजेट ४९करोड,३७ लाख३२ हजार बिनियोजन गरीएको नगरप्रमुख सियाराम कुशवाहाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अगामी आर्थिक बर्षको लागी आर्थिक बिकास तर्फ किशान संग मेयर शिर्षकमा ५० लाख बजेट बिनियोजन गरीएको छ। सहकारी,पशु पंक्षी तथा मतस्य,पर्यटन तथा संस्कृती,उधोग बाणिज्य तथा बितिय क्षेत्रलाई बिशेष प्राथमिकतामा राखिएको छ । त्यसैगरी शिक्षा तथा खेलकुद क्षेत्रमा एक करोड पाँच लाख रुपैया नगरसभाले बिनियोजन गरेको छ । खानेपानी तथा सरसफाई,लैंगिक समानता तथा सामाजिक समावेसीकरण,छात्रा संग नगरपालिका बिषयलाई प्राथमिकता दिईएको छ । स्वास्थ्यमा एक करोड र शिप विकास तालिमको लागी ५० लाख रुपैया छुटयाईएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । सडक तथा पुल, सडक सञ्जालको बिस्तार समृद्धीको आधार भने मान्यताका साथ अगामी आर्थिक बर्षमा यस नपालाई महेन्द्र राजमार्ग संग जोडन बिषेश जोड दिईने छ । सिचाई तर्फ ५० लाख रुपैया बिनियोजन गरीएको छ । भवन तथा सहरी विकास,सञ्चार,बाताबरण तथा बिपत ब्यवस्थापन,संस्थागत विकास तथा सेवाप्रवाह,बितिय ब्यवस्थापन र सुशासन लाई पनि प्राथमिकतामा राखिएको नगर प्रमुख सियाराम कुशवाहाले बताए । नगरसभामा संघिय सांसद समिना हुसैन,प्रदेश सांसद कुन्दन कुशवाहा,जिल्ला समन्वय समितिका सभापति रामएकवाल यादव,जिविसका पुर्व उपसभापति रजिउदिन आलम लगायतले विकासलाई गति दिएर कटहरियालाई नमुना नगर बनाउनमा जोड दिएका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments