Take a fresh look at your lifestyle.
npa 9 suchana

सदरमुकाम लगायत दुई दर्जन भन्दा बढी वडाहरु डुबानमा

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

यमुनामाई गाउँ पालिकाको सुचना

, रौतहट २८ असार ।

लगातार चार दिन देखि परि रहेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाका सदरमुकाम लगायत दुई दर्जन भन्दा बढी वडाहरु डुबानमा परेका छन । राति ३ वजे देखि आएको बाढीले गौर जलमग्न भएको छ भने कतिपय वडाहरु डुबानमा परेका हुन । गौर नगरपालिका  वडाहरु ,राजदेवी नगरपालिकाका वडाहरु ,  दुर्गा भगवती गाउँ पालिकाका वडाहरु , यमुना माई नगर पालिकाका वडाहरु , माधव नारायण नगरपालिका केही वडाहरु , राजपुर नगर पालिकाका केही वडाहरु , बौधी माई नगरपालिकाका वडाहरु , कटहरिया नगर पालिकाका केही वडाहरु , गढीमाई नगर पालिकाका वडाहरु डुबानमा परेका छन । कटहरिया न.पा. ४  बकैया खोलाको बांध फुटेको , ईशनाथ न.पा.१ बन्जरहा नजिक लाल बकैया खोलाको  फुटेको , बाग्मती नदी र झाझ खोलाको पानी पसेर  डुबानमा परेको छ । बन्जरहा गाऊ र राजपुर न.पा.९ बैरिया गाऊमा पानी पसी २४ घर डुबानमा परी घर पुर्ण क्षती भएकोले  घर परिवारलाई प्र.ना.नि. को   कमाण्डमा  प्रहरीको उद्धार टोली र स्थानियको सहयोगमा  सुरक्षीत स्थानमा उद्धार गरी राखीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसै गरी दुर्गाभगवती गा.पा.५ बडहर्वा  गाउको  करिव १९ घर डुबानमा    परेको छ । घरपरिवारलाई  उद्धार गरी  सुरक्षित ठाउमा सारिएको छ । , गढीमाई न.पा.३ लक्ष्मीपुर गाऊमा बाग्मती नदी बाधको केहीभागबाट पानी पसी ५ वटा  घर डुवानमा परेकोले प्रहरीको उद्धार टोली र स्थानियको सहयोगमा सुरक्षित स्थानमा सारीएको छ । शुक्रवार  गढीमाई न.पा.६ धरमपुर बस्ने किसनन्दन   रायको श्रीमती अ. बर्ष ५० की आनन्द देवी रायले बाग्मती नदीमा दाउरा टिप्न जादा  नदीले बगाई बेपत्ता भएको भन्ने खबर  प्राप्त हुनसाथ प्रहरी चौकीबाट प्र.स.नि.को कमाण्डमा  ५ जनाको टोली  र स्थानियको सहयोगमा खोज.तलास. कार्य भइरहेको बताइएको छ ।

 

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.