रौतहट २४ असार ,
मोटर साइकल चोर सहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मगलवार सााझ ४ वजे जिप्रकाबाट प्र.नि. पपु नायकको कमाण्डमा खटि गएको क्राइम टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ भंसार कार्यालय अगाडी द्यच्ण्टद्यम्(द्दडण्ट नम्बरको द्दण्ण् सि.सि.को कालो रंगको प्लसर चेक जाँच गर्दा मोटरसाईकल चोरीको भएको खुल्न आएकोमा मोटरसाईकलमा सवार भारत आरा जिल्ला पकडी घर भई हाल जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ कानुपट्टी डेरा गरी बस्ने वर्ष २१ को निरज कुमार सिंह र भारत विहार मोतिहारी जिल्ला बैरगीनीया बस्ने वर्ष २० को प्रदिप कुमार सिंह सहित मोटरसाईकल नियन्त्रणमा लिएको थियो । निजहरुको प्रारम्भिक अनुसन्धान पश्चात गौर नगरपालिका वडा नं.१ मा कोठा भाडामा लिई आएकोमा कोठाको खानतलासी गर्दा भारतबाट अबैध रुपमा भंसार छली ल्याएको एक लाख पैतालीस हजार बराबरको कपडा बरामद गरीएको प्रहरीले जनाएको छ । निजहरुलाई यस कार्यालयको हिरासत राखी थप अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ । सो मो.सा. कोही कसैको हराएको वा चोरी भएको भए जिल्ला प्रहरी कार्यालय, गौर, रौतहटमा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments