

रौतहट ५ भदौ ।
नेपाल कम्युनिष्ट पार्टीका गद्धार चरित्र भएका केही कमरेडहरुद्धारा लगाइएको कपोल कल्पित ,भ्रामक ,झुठा पार्टी विपरित ,गुटगत खेति ,निच हरकत ,गैर जिम्मेवारीपन विचारधारा लिएर बराबर बढने प्रवृति आफैमा निर्लजताको प्रकाष्ठा नाघेको नेपाल कम्युनिष्ट पार्टीका प्रदेश न २ का सदस्य उपेन्द्र शाहद्धारा हस्ताक्षति प्रेश विज्ञप्तिमा जनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा ६ वटा नगरपालिकामा आफनो आसपासेहरुलाई टिकट दिलाएको आरोप शाहले उतm विज्ञप्तिमा लगाएको छ । कतिपयको पार्टीमा लगानी तथा योगदान नरहेको उम्मेदवार प्रति जनताको विश्वास रहेको थिएन विज्ञप्तिमा उल्लेख छ । राजपुर ,गरुडा ,इशनाथ लगायत नगरपालिकामा पराजित हेर्नु परेको आरोप लगाएका छन । प्रदेश कमिटी , जिल्ला कमिटी ,नगर ,गाउँ कमिटीको निर्णय केन्द्रिय , प्रदेश र जिल्ला कार्यदलको सहमतिमा भएको विज्ञप्तिमा जनाएको छ । दोसारोपन कमरेड प्रभु शाह माथि लगाउनु सरासर निन्दनीय र निराधार हो उल्लेख छ । पार्टी भित्रको समस्या सधै वाहिर ल्याउनु हथकन्डाबाट ठुल्लो हुने प्रवृति त्याग गर्नु पर्दछ । कमरेड अशोक जैसवाललाई पार्टी निति विपरितको अभियोगमा कडा भन्दा कडा कारवाही गर्न जोडदार माग गरेका छन । भ्रामक प्रचार गर्ने व्यतिmहरुबाट सचेत रहन सबै कमरेडहरुमा अपिल पनि गरेका छन ।