Take a fresh look at your lifestyle.
npa 9 suchana

सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १९ भदौ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा “ रौतहट जिल्लामा सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रौतहट जिल्लाको सवारी आवागमनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बिषयमा निर्णय भएको छ । मुख्य चोक तथा बजार क्षेत्रमा पार्किङ स्थल तोक्ने, सडकमा रोड मार्किङ , ट्राफिक चिन्ह, चेतावनीयुक्त वोर्डहरु राख्ने , सि.सि. क्यामरा जडान गर्न सहयोग गर्ने , सडक अतिक्रमण गरी संचालन गरिएका व्यवसाय हटाउने, दुर्घटना न्यूनिकरणको लागि सवै पक्षको समन्वय र सहकार्यमा सचेतनामूलक कार्यक्रम निरन्तर रुपमा संचालन गर्ने , गौर क्षेत्रमा संचालन हुने ई.रिक्सा, टेम्पो र बसको रुट सम्बन्धमा निरन्तर भई रहेको विवादको दीर्घकालिन समाधानको लागि समिति गठन गर्ने,सवारी नियम पालना गराउन सडकमा खटिने ट्राफिक प्रहरी तथा नेपाल प्रहरीलाई सबै पक्षले सहयोग गर्ने निर्णय भएका हुन । प्रहरी उपरिक्षक भूपेन्द्र बहादुर खत्रीले कार्यक्रमको औचित्यता ,अपेक्षा बारे जानकारी गराउनुका साथै उपस्थित सम्पूर्ण लाई उपस्थितिको लागी धन्यबाद ज्ञापन गर्नु भएको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेश न्यौपानेद्वारा जिल्लामा राजस्व संकलनको विवरण ,सवारी दुर्घटना संख्या ,मानविय क्षतिको त्रिवर्षीय विवरण प्रस्तुत गर्दै जिल्लाको चुनौती, ट्राफिक प्रहरीले गरेका प्रयासको बारेका समेत प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गौर नगरपालिकाका मेयर अजय गुप्ता , राजपुर नगरपालिकाका मेयर शेख सकिल अख्तर, गरुडा नगरपालिकाका मेयर इनु राय यादव, यमुनामाई गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखिया विन,गौर नगरपालिकाकी उप(मेयर किरण कुमारी ठाकुर,प्रमुख जिल्ला अधिकारी किरण थापा , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्री, सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीत,अनुसन्धा उप( निर्देशक अभिनय कुमार सिंह,नेपाली सेनाका मेजर,सडक डिभिजन कार्यालयका डि.ई,भन्सार कार्यालयका प्रमुख, विभिन्न यातायात सम्बद्ध संघ(संस्थाका पदाधिकारी तथा प्रतिनिधी लगायत अन्य सारोकारवाला ब्यक्तिहरुको उपस्थिति रहेको थियो

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.